विश्वभर ३ करोड ३० लाख ३ हजार ६९४ जना कोरोाना मुक्त

-



     सफल आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ कात्तिक । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ करोड ३० लाख ३ हजार ६९४ जना मुक्त भएका छन् । उनिहरु अहिले सामान्य जिवनमा फर्किएका छन् । हालसम्म ४ करोड ५३ लाख ६० हजार ५८२ जनामा संक्रमण भएकोमा ११ लाख ८६ हजार ६०९ जनाको ज्यान गएको छ ।

विश्वमा कोरोनाका सक्रिय केस १ करोड ११ लाख ७० हजार २७९ रहेका छन् । ११ लाख ८८ हजार ९ जनाको अवस्था सामान्य भईरहेको छ । ८२ हजार २७० जनाको अवस्था गम्भिर रहेको छ ।

आजसम्म कोभिड १९ बाट विश्वका २१६ देश प्रभावित भएका छन् । सबैभन्दा बढी प्रभावित भएको देश अमेरिकामा ५९ लाख ८३ हजार ३४५ जना निको भएका छन् । ९२ लाख १२ हजार ७६७ जनामा संक्रमण भएकोमा २ लाख ३४ हजार १७७ जनाको ज्यान गएको छ ।

भारत दोश्रो धेरै संक्रमण भएको देश हो । त्यहाँ ७३ लाख ७३ हजार ३७५ जना निको भएका छन् । ८० लाख ८८ हजार ८५१ जनामा संक्रमण भएकोमा १ लाख २१ हजार १३१ जनाको ज्यान गएको छ ।

ब्राजिल तेश्रो धेरै संक्रमण फैलिएको देश हो । हालसम्म ४९ लाख ५४ हजार १५९ जना निको भएका छन् । ५४ लाख ९६ हजार ४०२ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर आज नयाँ ४७ हजार १७२ संक्रमित थपिएका छन् भने ८७१ जनाको ज्यान गएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।