जो बाइडन र ट्रम्पबीच कडा टक्कर, दुबैको जित्ने दावी, ट्रम्प विरुद्ध वाशिंगटनमा प्रदर्शन

-



     सफल आवाज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० कात्तिक । अमेरिकी निर्वाचनमा कडा टक्कर देखिएको छ । दुवै जनाले आआफ्नो जितको दावि गरेका छन् । योपालि जित पनि झिनो अन्तरले हुने आँकलन गरिएको छ । यो पटक धेरै संंख्यामा मतदाताहरु मतदानमा सहभागि भए । अहिलेसम्म ५० मध्ये ४१ वटा राज्यको मतपरिणाम प्राप्त भईसकेको छ । श्रोतहरुका अनुसार यो पटकको चुनावमा अमेरिकामा १० करोड मानिसले हुलाकबाट मत पठाएका छन् ।

मतदान सकिएपछिको सर्वेक्षणका अनुसार झण्डै प्रत्येक १० जनामा आधाजतिले ट्रम्प नेतृत्वको सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी काम नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । विभिन्न राष्ट्रिय सर्वेक्षणहरुले ट्रम्पका प्रतिद्वन्दी जो बाइडनले अग्रता लिएको देखाएका छन् । दुबै उम्मेदवाबीच कडा टक्कर भएको देखिएको छ ।

बिहिबार बिहानसम्म विस्कन्सिनबाट १०, मिशिगनबाट १६, जोर्जाबाट १६ र एरिजोनाबाट ११ नतिजा आउने अपेक्षा गरिएको छ । शुक्रबार पेन्सलभेनियाबाट २०, मंगलबारसम्म हुलाकबाट आउने मतपत्रको म्याद रहेका नेभाडाबाट ४, अलास्काबाट ३ तथा नोभेम्बर १२ बिहिबारसम्म नर्थ क्यारलाइनाबाट १५ मत आउने अपेक्षा गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुने निर्वाचन जितेके बताईसकेका छन् । तर अझैं केहि राज्यको मत गणना हुन बाँकि रहेकोले उनले गरेको दाबि पूरा नहुनसक्छ ।

यस्तै कोरोना भाइरसको महामारी फैलिएको र विश्वमै सबैभन्दा धेरै मानिसको निधन र संक्रमण फैलिएको अमेरिकामा प्रभावकारी काम नगरेको भन्दै आलोचना खेप्दै आएका ट्रम्प यसपालि पछि पर्ने र आफ्नो जीत हुने जो बाइडनले बताएका छन् । दुबै उम्मेदवारहरुबीच कडा टक्कर परिरहेकोले जीत कस्को पक्षमा जान्छ त्यो त अन्तिम परिणामले देखाउने नै छ ।

फाेटाे:राेयटर्स

मत परिणाम आउन थालेपछि वाशिंटन डीसीमा ट्रम्प विरोधी आवाजहरु पनि उठीरहेका छन् । सयौं मानिस सडकमा गएर ट्रम्प विरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले ‘हामीले न्याय पाउँदैनौं भने उनिहरुले शान्ति पाउँदैनन्’ लगायतका नारा लगाएका छन् । यहि क्रममा प्रहरीले ३ जना प्रदर्शनकारीलाई पक्राउ पनि गरेको छ ।