
कठमाडौं, २१ कात्तिक । विश्वको ध्यान शक्तिशाली राष्ट्र अमेरिकाकाे राष्ट्रपति निर्वाचनमा केन्द्रीत भएको छ । विशेषगरी सामाजिक न्याय, जाति, सम्प्रदाय, आप्रवासीमाथि कठोर बन्दै आएका राष्ट्रपति ट्रम्प अघि हुन्छन् वा जो बाइडनसंग हार स्वीकार गर्छन् भनेर कौतुहलता छाएको छ ।
गएको वर्ष चीनको उहानमा कोरोना भाइरसको उत्पत्ति, विश्वमा फैलिएको महामारीका बारेमा बारम्बार चीनको कटु आलोचना गर्दै आएका र कोरोना विरुद्धको उपचारमा आफ्नै देशमा भईरहेका आलोचनाको सामना गर्दै आएका ट्रम्प र प्रजातान्त्रिक लाईनका बाइडनको मतपरिणामको अग्रता र ट्रम्पले लगाएको धाँधलीको तथ्यहीन आरोप यी केहि रोचक पक्ष जोडिएका छन् ।
दुबै उम्मेदवारबीच कडा टक्कर भएको छ । रिपव्लिकनका राष्ट्रपति ट्रम्पले भरोसा राखेका जोर्जिया, पेन्सलभेनियामा उनको मत कम भएपछि उनले तथ्यहीन आरोप लगाउँदै आएका छन् । जब हुलाकबाट आएकाे मत गणना हुन लाग्यो, उनको अग्रता कम हुँदै गएको छ । अहिले पाँच राज्यमा गणना भईरहेको छ । पेन्सलभेनिया, नेभाडा, एरिजोना, जोर्जिया र नर्थ क्यारोलाइनामा प्रष्ट विजेता देखापरिसकेका छन् । यी मध्ये पेन्सलभेनिया जित हाँसिल गरेको खण्डमा र बाँकी चारमध्ये दुईमा जितेपनि बाइडन राष्ट्रपति निर्वाचित हुनेछन् । तर ट्रम्पलाइ पेन्सलभेनियासहित अन्य तीन राज्यमा जित्नैपर्ने हुन्छ ।
यसैबीच, बाइडनको पक्षमा गएकाे मतपरिणामलाई देखेर अत्तालिएका ट्रम्पलाई बाइडनले आममानिसलाई संयमित भएर बस्न अपिल गरेका छन् । लोकतन्त्रमा अस्तव्यस्तता देखिन्छ तर सधैं हुँदैन, उनले भने लोकतन्त्रमा प्रक्रिया अर्थात सिस्टमले काम गर्छ । बाइडनले मतगणना सकिएपछि राष्ट्रपतिमा आफु र उपराष्ट्रपतिका कमला ह्यारिस वीजयी हुनेमा कुनै शंका नभएको उनले बताएका छन्।
बाईडन विजयी हुनका लागि उनलाई १७ मत चाहिएको छ । महत्वपूर्ण ठानिएका राज्यहरुमा ट्रम्पलाई उनले पछाडी पारिरहेका छन् । ५० वटा राज्यमध्ये ४४ राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाएका छन् भने ट्रम्पले २१४ पाएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




