
काठमाडौं, २२ कात्तिक । नेपालमा कोरोना भाइरसबाट मुक्त भएकाहरुको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । हाल संक्रमित संख्या ३५ हजार ४३५ रहेकाे छ ।
बितेको २४ घन्टामा देशका विभिन्न अस्पतालमा उपचार गराईरहेका २ हजार २०६ जना निको भएर घर फर्किएका छन् । योसहित अहिलेसम्म कोरोना भाइरसको संक्रमण मुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएको छ ।
मन्त्रालयको आजको पूर्ण स्वास्थ्य विवरण हेर्न तलकाे लिंक क्लीक गर्नुपर्छ ।
https://drive.google.com/file/d/10CAi1G-_byaq-opzDJt_5aXR696WEBFw/view?usp=sharing
मन्त्रालयको तथ्यांक अनुसार देशभर ३५ हजार ४३५ संक्रमितले उपचाई गराईरहेका छन् । आज २ हजार ७५३ जना नयाँ संक्रमित थपिएका छन् । योसहित अहिले कुल संक्रमित संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टामा देशका विभिन्न अस्पतालमा उपचार गराईरहेका १७ संक्रमितको ज्यान गएको छ । योसहित अहिलेसम्म नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ८७ पुगेको छ ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




