अमेरिकाको ४६ औं राष्ट्रपतिमा जोसेफ आर बाइडन विजयी

- कमला ह्यारिस बनिन् पहिलो महिला, अश्वेत र एशियाली उपराष्ट्रपति

-


     मनोज अधिकारी, अमेरिका     
     कार्तिक २२ गते २०७७ मा प्रकाशित


काठमाडौं, २२ कात्तिक । अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोसेफ आर बाइडन विजयी भएका छन् । बहालवाला राष्ट्रपतिसमेत रहेका रिपव्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यो निर्वाचनमा बाइडेनले २७३ इलेक्ट्रोल भोट ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी ट्रम्पले जम्मा २१४ मत पाएका छन् । अझै केहि स्थानमा मत गणना बाँकी रहेको छ । तर बाँकी रहेका स्थानमा सबै ट्रम्पले मत ल्याए पनि उनी पराजय हुनेछन् । ७८ वर्षका बाइडेनले आगामी चार वर्षे कार्यकालका लागि आउँदो जनवरी तेस्रो साता ह्वाइट हाउस प्रवेश गर्नेछन् । उनी बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए ।

कमला ह्यारिस बनिन पहिलो महिला, अश्वेत र एशियाली उपराष्ट्रपति

कमला ह्यारिस अमेरिकाको पहिलो महिला, पहिलो अश्वेत तथा पहिलो एशियालीमूलकी उपराष्ट्रपतिमा निर्वाचित भएकी छन् । ह्वाईट हाउसमा नयाँ अनुहारको प्रवेश भएकोमा खुसि थएिको छ तर अमेरिकी राजनीति र राजनीतिक शक्ति सन्तुलन कसरी अगाडी बढ्ला भनेर सोच्न थालिएको छ ।

पेन्सिलभेनिया राज्यमा विजयी भएसंगै बाइडनले राष्ट्रपति बन्नका लागि आवस्यक मत प्राप्त गर्न सफल भएपनि उनका लागि कानुनी चुनौतीहरु थाँति रहेका बताइन्छ । पेन्सिलभेनियको मतलाई जोड्दा बाइडनको २७३ इलेक्टोरल कलेज मत भएको छ जो जितका लागि आवश्यक २७० भन्दा बढी हो ।

उता बाइडनको चुनावी मत परिणामको अग्रतालाई लिएर धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले आफ्नो हारलाई सजिलै स्वीकार गर्ने पक्षमा नरहेका बताईएको छ ।

एक सर्वेक्षणका अनुसार सन १९०० यता सबैभन्दा बढी मतदान भएको अमेरिकी निर्वाचनमा बाइडनले ७ करोड ३० लाख बढी मत पाएका छन् । यो मत यसअघिका अमेरिकी राष्ट्रपतिहरुले पाएको मत भन्दा धेरै हो ।

बाइडनकाे विजयी मत परिणाम थाहा पाएपछि उनका समथर्कहरू सडकमा जम्मा भएर खुशियाली मनाएका छन् ।