
कठमाडौं, २३ कात्तिक । अमेरिकामा पहिलो पटक उपराष्ट्रपति पदमा निर्वाचित भएकी पहिलो अश्वेत उम्मेदवार कमला ह्यारिसको ह्वाईट हाउस पदार्पणको दौडले बहुजातिय पहिचान दिलाएको छ । यो पटक अरू कुराहरू पनि पहिलो पटक नै हुने अपेक्षा गरिएको छ । हालसम्म अमेरिकी निर्वाचनमा अश्वेत महिलाले राष्ट्रपतिय निर्वाचनमा टिकट नै पाएका थिएनन् ।
यसअघि दुईजना महिलाहरूले मात्र उपराष्ट्रपतिका लागि टिकट पाएका थिए । सन २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पावलिन र सन १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारोले टिकट पाएका थिए ।
कमला ह्यारिस पहिलो अश्वेत र एशियन अमेरिकी नागरिक हुन । जमैकामूलकी कमला क्यालिफोर्नियाकी सांसद हुन । उनले एक समयमा राष्ट्रपति उम्मेदवारका लागि जोसेफ बाइडनलाई नै चुनौती दिएकी थिइन । एकाएक राष्ट्रपति उम्मेदवारको दौडबाट पछि हटेपछि उनले सर्वत्र चर्चा कमाएकी थिइन ।
कमला ह्यारिस क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी छन् । देशमा जातिय विभेद विरुद्धका आन्दोलनहरुमा खरो रुपमा उत्रिने कमलाले सुरक्षा संयन्त्रमा सधैं सुधारका माग गर्दै आएकि थिईन ।

बाइडनले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार चयन गरेकोमां आफूलाई गर्व लागेको ट्विट गरेका थिए । उनले कमलालाई लेखेका थिए, ‘कमला एक बहादुर योद्धा र अमेरिकाकी सबैभन्दा उत्तम जनसेवक भनेका थिए’ । क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवङ्गत छोरासँग काम गरेको कुरालाई पनि बाइडनले स्मरण गरेका छन् ।
५५ वर्र्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन । उनको जन्म क्यालिफोर्नियाको ओक्लान्डमा भएको हो । उनकी आभा भारतमा जन्मेकी हुन भने बुबा जमैकन नागरिक थिए । उनले अश्वेत विश्वविद्यालय भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




