काठमाडौं, २४ कात्तिक । अहिले जाडो मौसम छ । जाडोबाट आफुलाई जोगाउनु नै सर्वोत्तम उपाए हो । जतिसुकै न्यानो कपडा लगाएको भएपनि जाडो मौसममा जाडो नै महशुस हुन्छ । तर पनि यसबाट जोगिनु त पर्यो नै । आज हामीले जाडो मौसममा यसबाट कसरी जोगिने भन्ने बारेमा केही घरेलु टिप्स प्रस्तुत गरेका छौं । सामान्य रुपमा लागु गर्न सके फाईदा नै हुन्छ ।
चिसोेबाट बच्नका लागि पहिलो कुरा त न्यानो कपडा नै लगाउनु पर्छ भन्ने कुरामा हामी सबै सहमत छौं । तर के के गरेर बच्ने भन्ने बारेमा सामान्य कुराहरुलाई ध्यान नदिने गरिरहेका हुन्छौं । त्यसो गर्नु राम्रो होईन । विशेष रुपमा चिसोेबाट बच्नका लागि उनीका कपडा र शरिरभित्र हावा नछिर्ने खालका कपडा उपयोगि हुन्छन् । जस्तो ः ज्याकेट, स्वीटर, टोपी, जुत्ता मोजाले चीासोबाट जोगाउँछन् ।
आवस्यक काम बाहेक चिसो मौसममा बारम्बार घर बाहिर निस्कुन हुँदैन । चिसोबाट जोगिन सुरक्षित तवरले आगो ताप्ने एउटा उपाए हो । संभावना भएका ठाउँमा काठ बालेर ताप्ने गर्नाले घरभित्रको चिसोपनलाई कम गराउन सकिन्छ ।
यो समयमा घरमा भएका ससाना छिद्रहरुबाट पनि हावा भित्र पस्ने भएकोले त्यसको प्रभावबाट जोजिग त्यस्ता छिद्रहरु, खटप्वालहरुलाई बन्द गर्ने, बाह्य प्रकाश भित्र आउने गरी हावा नछिर्ने झ्यालको व्यवस्था गर्ने, झ्यालढोकालाई बन्द गर्ने गर्नाले जोगिन सकिन्छ । जस्तो सिसाका प्रयोग भएका झ्याल राख्ने ।
जाडोमा अक्सर पहिलेभन्दा मानिस कम नहुाउने गर्छन् । यदि नहुाउनु नै परे बिहान सतिसक्यो छिटो नुहाउनु राम्रो हुन्छ । ह्याण्ड पाईप भएका ठाउँमा बिहानको समयमा पानी तातो हुने गर्छ वा मूलबाट बिहानको समयमा निस्कने पानी तातो नै हुनेगर्छ । जब दिन बद्दै जान्छ अनि पानी चीसो हुने गर्दछ । त्यसैले बिहानै नुहाउनु राम्रो हो । अर्को उपाए पानी तताएर पनि नुहाउन सकिन्छ ।
चिसोबाट बच्नका लागि मानिसहरुले घरमा हीटर, न्यानो गराउने इलेक्ट्रिक मेशीनको प्रयोग गरेको पाईन्छ । यन्त्रहरुको प्रयोगले न्यानोबाट जोगिन त सकिन्छ तर सुविधा पाईयो भन्दैमा बढी प्रयोगले स्वास्थ्यमा दुष्प्रभाव पर्ने कुरालाई पनि ख्याल गर्न आवश्यक हुन्छ । संभव भएसम्म यान्त्रिक भन्दा प्राकृतिक न्यानोपनको खोजि गर्नु पर्छ । जस्तो ः न्यानो कपडा, काठदाउरा, कोइला, गुईठाको प्रयोग गर्न सकिन्छ । यसो गर्दा विजुलीमा हुने खर्च बचाउन सकिन्छ ।
जाडोमा खनापान र आनिबानिमा पनि ख्याल राख्न जरुरी हुन्छ । जस्तो दही, आईसक्रिम, चीसो पेय पदार्थ सेवन नगर्ने, मौसम अनुकुलका तरकारी, फलफुल खाने, चिया, कफि, गेडागुडीको सूप, तातो झोलिलो पदार्थको सेवन उत्तम हुन्छ ।
चीासोबाट सबैजना जोगिनु त पर्छ नै तर विशेष गरी बुढापाका, बालबालिका र विरामीलाई ध्यान पुर्याउनु पर्छ । उनिहरुलाई घरैभित्र बसाउने, दिनमा घाम ताप्न लगाउने र चीसो खानपान गर्न दिनु हुँदैन ।
अक्सर चिसो मौसममा रुघाखोकी, ज्वोरोको समस्या हुने गर्छ । निमोनियाले सताउन सक्ने भएकोले समस्या देखिन थाले तुरुन्तै स्वास्थ्यकर्मिको सम्पर्कमा गईहाल्नु पर्छ । जाडोबाट आफु मात्रै होइन पूरा परिवारका सदस्यहरुले समान रुपमा जाडोबाट बच्ने यी केहि सामान्य उपाएहरुलाई व्यवहारिक रुपमा ख्याल गरे आफु र आफु र अरुलाई बचाउन सकिन्छ ।श्रोतःएडभाइस डट कम








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




