तौल घटाउन र स्वस्थ रहन के गर्ने ? (हेल्थ टिप्स)

-



     सफल आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ कात्तिक । जो कसैले पनि हेर्दा मोटो मानिसलाई देखे भने ओहो ! कति मोटो मान्छे भन्ने गर्छन् । पेट ठूलो देखेपछि असहज महशुस गर्छन् भने स्वयं मोटाएका मान्छेलाई असहज नहुने कुरै भएन । यसको पनि समाधानका उपाय छन् । स्वस्थ खाना, प्राकृतिक घरेलु उपचार विधिबाट मोटोपनलाई घटाएर स्वस्थ हुन सकिन्छ र शरीरलाई अरुको नजरमा वाह ! कस्तो राम्रो जिउँडालको मान्छे भन्न लायकको बनाउन सकिन्छ ।

प्राकृतिक तवरले, आयुर्वेदका माध्यमले राम्रो उपचार विधि अवलम्बन गर्न सकिन्छ । घरमै बसेर पेटमा लागेको बोसो घटाउन सकिन्छ । आयुर्वेदका अनुसार व्यायाम नगर्ने, समयमा खाना नखाने, अस्वस्थकर खाना खाने, रहनसहनमा ध्यान नदिने जस्ता कारणले तौल अनियन्त्रित हुन जान्छ । यो सबैको कारण भनेको मानिसमा मोटोपना देखिनु हो र त्यसको प्रत्यक्ष असर पेटको आकारमा देखिन्छ ।

आयुर्वेदका अनुसार तौलको समस्या, पेटमा बोसो जम्मा हुने यो अवस्थालाई घटाउन सकिन्छ । मोटोपना बढाउने वा पेट लाग्ने प्रमुख कारण गलत खानपान नै हो । धेरै मीठो खानेकुरा, मीठो पेय पदार्थ, कार्बोहाइड्रेट्स तथा तेलमा तारेका, चिल्लोपन बढी भएका खाद्य पदार्थ, विभिन्न किसिमका फास्टफुड, पिज्जा, बर्गर, चाउमीन, म्याक्रोनी, पास्ता लगायतका खाजा, खानाको उपभोगले मोटोपनाको समस्या निम्त्याउन सक्छन् ।

धेरै मानिस कार्यालयमा बसेर धेरै समय काम गरेर बिताउने गर्छन् । औद्योगिक क्षेत्र वा अन्य विभिन्न कार्यालयमा बसेर धेरै समय बिताउनेहरुको शारिरीक व्यायाम कम हुने हुनाले मानिसलाई मोटोपना बढ्ने र आलस्य बनाउने गरेको हुन्छ । उनिहरुले खालि कामलाइ ध्यान दिने भएकाले शारिरीक व्यायाम कम हुन गई पाचनसम्बन्धी समस्या आउने गरेको पाइन्छ ।

आयुर्वेदले प्राकृतिक स्वस्थ खाद्यपदार्थ तथा प्राकृतिक उपचारले पेटको मोटोपनालाई घटाउन सकिन्छ । कुनै पनि जडिबुटीको सेवनको कारण बोसोलाई कम गर्न सकिन्छ । जस्तो ः कालो मरिच तथा अदुवाको सेवन फलदायी हुनसक्छ । पाचन प्रक्रियालाई मजबुत बनाउनका लागि यसलाई तातोपानीमा राखेर पिउन सकिन्छ ।

दालचिनीलाई मसलाको रुपमा चियामा उमालेर सेवन गर्न सकिन्छ । यसले बोसो घटाउन सहयोग गर्दछ । जर्नल अफ न्यूट्रिशन साइन्स एण्ड भिटामिनोलोजीमा प्रकाशित एउटा रिसर्चका अनुसार दालचिनीमा पाइने सिनामाल्डेहाइड तत्वले मोटोपना घटाउन मद्यत पुग्दछ ।

मेथीको प्रयोग शारिरीक फिटनेसका लागि फाइदाजनक छ । यसको प्रयोग मानव समुदायमा प्राचीन कालबाट हुँदै आएको छ । यसकासाथै शरिरमा सुगरको लेवललाई कम गर्नको लागि फलदायी हुन्छ । यसमा भएको गेलेक्टोमेन तत्वले खाना रुचाउने काम गर्दछ । यसले मोटोपना घाटाउने काम पनि गर्दछ । मेथीमा कार्बोहाइड्रेड, प्रोटीन, फाइबर, भिटामिन बी, फलाम, क्याल्शियम तथा फस्फोरस पाईने भएकोले यसलाई एक समृद्ध श्रोत मानिन्छ ।

पानीको प्रयोग ज्यादै महत्वपूर्ण छ । शरिरमा सुख्खापन आउन दिदैैन र पाचन प्रणालीमा पानीले महत्वूर्ण भूमिका निर्वाह गर्दछ । सकेसम्म पानी चिसो भन्दा मनतातो पिउन राम्रो हुन्छ । खानाखानु पहिले एक गिलास पानीको सेवनले निकै राम्रो मानिन्छ ।

स्वस्थ जिवनका लागि परिष्कृत खाद्य तथा सेतो रंगका कार्बोहाइड्रेडयुक्त खाद्यपदार्थ नखाने बरु होल ग्रेन, गहुँको दलिया, च्याँख्ला तथा पूरै अनाज, फाइबरयुक्त खाना फाइदाजनक हुन्छ ।

ग्रीन टी अर्थात हरियो चिया स्वास्थ्यको लागि राम्रो हुन्छ । हरियो चियामा एन्टी अक्सिडेन्टस्, फाइटोकेमिकल्स तथा पोलिफेनाल हुने भएकोले तौल घटाउन सहयोगि मानिन्छ ।

सधैं स्वस्थ रहनका लागि शारिरीक व्यायाम, हिंडडुल तथा दौडले शरीरका हर कोशिकाहरुलाई सक्रिय बनाउन मद्दत पुग्छ भने शक्ति संचयनमा सघाउ पुर्याउछ । शरीर प्राकृतिक हो । त्यसैले यसलाई पर्याप्त आराम चाहिने भएकोले कम्तिमा ७, ८ घन्टा सुत्नु राम्रो हुन्छ ।

स्वस्थ मानिसको लागि स्वस्थ खाना आवश्यक पर्छ र तर खाना कम मात्रामा खानुपर्छ । खानाका लागि साना प्लेट वा भाँडाको प्रयोग गर्ने । खाना खाने समयमा टेलिभिजन नहेर्ने, मोबाईल लगायतका काम नगर्ने । अण्डा, मासु, चिकेन, माछा तथा समुद्री खाना खाने । जैतुनको तेल, नवरवलको तेल, एभोकाडोको तेल तथा मख्खनको प्रयोग गर्ने । कम कार्बोहाइडेड हुने सागपात, काउली, ब्रोकाउली, पालक, बन्दा लगायतका हरियो तरकारी खाने गर्नुपर्छ ।श्रोतःनेचुरल हेल्थ