पर्वत, २८ कात्तिक । दक्षिण पर्वतको पैंयु गाउँपालिका—४ हुवासमा पर्ने सेतीखोलामा पक्की पुल निर्माण शुरु भएको छ । स्थानीय गल्छिना घाटमा निर्माण गर्न लागिएको पुलको काम यसै सातादेखि शुरु भएको हो ।
पुल निर्माणका लागि रु चार करोड १४ लाख ५५ हजार ३८४ रुपैयामा सम्झौता भएको छ । विसं २०७७ जेठ ४ गते सम्झौता भएपनि झण्डै कोभिड–१९ का कारण झण्डै पाँच महिनापछि शुरु भएको छ । पुल २०७८ मङ्सिर ४ सम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको छ । पुलको लम्बाई ३५ मिटर रहने र भारवहन क्षमता ८० टन रहेको सडक डिभिजन कार्यालय बागलुङले जानकारी दिएको छ । पुल निर्माणको जिम्मा जयनेपाल इश्वर श्री सिद्धवावा जेभीले लिएको छ ।
पैंयु गाउँपालिकाको केन्द्र रहेको हुवासस्थित हातेमालो चोक जोड्नका लागि सडक खुलेको झण्डै डेढ दशक पुगे पनि खोलामा पुल नहुँदा यो सडक हुँदै दैनिक चल्ने दर्जनौं साना ठूला सवारी साधनहरु खोलामा जोखिम मोल्दै वारपार गर्ने गरेका थिए ।
गाउँपालिकाकै छिमेकी वडाहरु धरमपानी, बेउलीवास, उराम र महाशीला गाउँपालिकाको होस्राङदी, भोक्सिङ, बालाकोटलगायतका क्षेत्र जोड्ने सो सडकमा पुल नहुँदा वर्षायाममा सवारी साधनहरु ठप्प हुने गरेका थिए । हिउँद्मा खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने अवस्था रहेको पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले जानकारी दिए । पुल बनेपछि पैंयु गाउँपालिका र छिमेकी पालिकाका विभिन्न वडाका नागरिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




