गण्डकीमा थप ३ जनाको मृत्यु, कुल १२१ काे मृत्यु

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित



पोखरा, २९ कात्तिक । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यो सहित प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २१ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा–१४ का ६३ वर्षीय पुरुषको शनिबार दिउँसो गण्डकी मेडिकल कलेज, पोखरामा उपचार क्रममा मृत्यु भएको छ । गत कात्तिक १९ मा कोरोना पुष्टि भएका उनमा मधुमेह, उच्च रक्तचाप समस्या थियो।

यस्तै, पोखरा–१५ की ५० वर्षीया महिलाको कात्तिक २८ गते बेलुका चरक अस्पताल, पोखरामा उपचार क्रममा मृत्यु भएको थियो । गत कात्तिक ८ मा कोभिड–१९ पुष्टि भएका उनमा मधुमेह, उच्च रक्तचापलगायत समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए।

उता, स्याङ्जाको वालिङ १४ का २४ वर्षीय पुरुषको कात्तिक २७ गते गण्डकी मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको छ । सोही दिन कोरोना पुष्टि भएका उनमा मधुमेह रोग थियो।

यसैगरी गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १० हजार २ सय नाघेको छ।