फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

-



     सफल आवाज    
     मंसिर १ गते २०७७ मा प्रकाशित



मनिला, १ मङ्सिर । फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार त्यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका प्रकाेप व्यवस्थापन विभागले जनाएको छ । अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी आँधीले पु¥याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् ।