ह्वाइट हाउसलाई अस्तब्यस्त बनाईरहे धेरै मानिसको मृत्यु हुने बाइडनको चेतावनि

-



     सफल आवाज    
     मंसिर २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले ह्वाइट हाउस प्रशासनलाइ अस्तव्यस्त बनाई राखे अमेरिकामा अझैं धेरै मानिसको मृत्यु हुने हालै राष्ट्रपतिय निर्वाचनमा निर्वाचित जो बाइडनले चेतावनी दिएका छन् ।

डेलावेयरमा आयोजना गरीएको एक कार्यक्रममा बाइडनले कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्नको लागि ट्रम्पले राम्रो समन्वय नगरेको बताए । साथै उनले राष्ट्रपति ट्रम्पलाई आफ्नो पराजय स्वीकार गर्न हाग्रह गरे ।

ट्रम्प मत परिणाममा बाईडन भन्दा धेरै पछाडी परेका छन् । बाइडनले आवश्यक २७० इलेक्टाेरल भोट भन्दा ३०६ इलेक्टोरल भोट पाएका छन् र चुनाव जितेको बताएका छन् । पछिल्लो पटक ट्रम्पले पनि ट्वीट गर्दै बाइडनले चुनाव जितेको बताए । तर उनको चुनावी अभियानले विभिन्न राज्यहरुमा भएको मत परिणाममाथि असन्तुष्टि जनाउँदै आएको छ ।

राष्ट्रपतिय निर्वाचन सम्पन्न भईसकेको अवस्थामा संक्रमणकालिन काम गर्नका लागि सरकारी नियामक निकाय जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले बाइडन र कमला ह्यारिसलाई विजयी भएको घोषणा गरेको छैन । बाइडनका सहयोगिले संक्रमणकालिन अवस्थामा उनिहरुलाई सहभागि गराउन अस्वीकार गर्नुले बाइडन समूहलाई खोप वितरणको राणनीतिक योजना बनाउने कार्यबाट बञ्चित गर्नु रहेको बताएका छन् ।

बाइडनले ट्रम्पको अस्वीकारोक्तिलाई गैह्र जिम्मेवारको संज्ञा दिएका छन् । उनले भने, ‘हामीले सहकार्य गरेनौं भने अझ धेरै संक्रमित मानिसहरु मर्नेछन्, योजना बनाउन शुरु गर्नका लागि जनवरी २० सम्म पर्खिनु पर्यो भने हामी धेरै पछि पर्नेछाैं ।’