५३६४ डिस्चार्ज भएसंगै निकाे हुने संख्या १ लाख ९१ हजार २

-


     सफल आवाज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित


काठमाडौं, ५ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमण मुक्त हुनेहरुको संख्या १ लाख ९१ हजार २ पुगेको छ । पछिल्लाे २४ घन्टामा देशका विभिन्न अस्पतालमा उपचार गराईरहेका ५ हजार ३६४ जना कोराना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टामा २२ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । यसंगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ हजार २९८ पुगेको छ ।

मन्त्रालयको तथ्यांकका अनुसार आज थप नयाँ १९ सय ४५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । योसंगै नेपालमा संक्रमण हुनेको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय केस २४ हजार ६६५ रहेका छन् ।