चीनको 5G+औद्योगिक इन्टर्नेट सम्मेलन वुहान शहरमा शुरू

-


     सफल आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित


काठमाडाैं, ६ मंसिर । चीनको 5G +औद्योगिक इन्टर्नेट सम्मेलन चीनको हुपै प्रान्तको सदरमुकाम वुहान शहरमा सुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्मेलनलाई शुभकामना सन्देश दिएका छन् ।

नेता सीले विश्वसमक्ष नयाँ चरणको वैज्ञानिक तथा प्राविधिक क्रान्ति र औद्योगिक सुधार भएको र सूचना प्रविधि पनि सुधारिँदै 5G र औद्योगिक इन्टर्नेटको समन्वयबाट चीनको डिजिटलाइजेशन, स्मार्ट समाजको निर्माण, नयाँ ढाँचाको औद्योगिकरण प्रकृयालाई अघि बढाएर चीनको आर्थिक विकासलाई नयाँ शक्ति दिन र महामारी फैलिएको विश्वलाई नयाँ विकास मौका प्रदान गर्न मद्दत पुग्ने उल्लेख गरेका छन् ।

नेता सीले सम्मेलन वुहानमा आयोजना भएको निकै विशेष अर्थ रहेको भन्दै हुपै प्रान्त र वुहान शहरले यो सुअवसर समातेर महामारी विरूद्ध गर्ने महान् भावना लिएर डिजिटल अर्थतन्त्रको विकासलगायत आर्थिक उच्च गुणस्तरीय विकास र नयाँ विकास ढाँचाको रचनामा योगदान दिने आशा आफूले लिएको बताएका सिआरआइ डट सिएनले लेखेकाे छ ।फाेटाेःसीटीजीएन