ब्राजिलमा कोभिड संक्रमितको संख्या ६० लाख नाघ्यो

-


     सफल आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित


काठमाडाैं, ६ मङ्सिर। ब्राजिलमा गएको २४ घण्टाभित्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । यो सँगै ब्राजिलमा कोभिड १९ का संक्रमितहरुको संख्या ६० लाखभन्दा पनि बढी पुगेको छ ।

कोभिड १९ का संक्रमितहरुको संख्या ६० लाख २० हजार १६४ जना पुगेको बताइएको हो । उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ५५२ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको बताइएको छ ।

संक्रमणबाट १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकाछिको देस्रो स्थानमा पर्ने देश हो । त्यसैगरी ब्राजिल कोरोना भाइरसका संक्रमित हुनेमा अमेरिका र भारतपछिको तेस्रो देशमा पर्दछ ।

पछिल्ला हप्ताहरुमा ब्राजिमा कोभिडका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढेको पाइएको छ । अधिकारीहरुले खासगरी साओ पाओलोमा यसका संक्रमितहरु बढी भेटिएका बताइएको छ ।