कारण गाँजाः चर्चित कमेडियन भारती सिंह गिरफ्तार

-


     सफल आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित


काठमाडौं, ६ मंसिर । भारतीय नरकोटिक्स कन्ट्रोल ब्यूरोले कमेडियन भारती सिंहलाई प्रतिबन्धित लागुऔषध गाँजा राखेको आरोपमा गिरफ्तार गरेको छ ।

विभागका अधिकारीहरुले भारती र उनका पतीको प्रोडक्शन हाउस तथा घरमा आज छापा मारिएको बताएका छन् । उनीहरुले दुबै ठाउँमा राखेको ८६.५ ग्राम गाँजा बरामद भएको बीबीसीले जनाएको छ । एनसीबीका अनुसार दुवै पती पत्नीले आफुहरुले नशा लिने गरेको पनि स्वीकार गरेका छन् ।

भारती सिंहलाई गिरफ्तार गरिएको भएपनि उनका पतीलाई सोधपुछको क्रममा राखिएको बताईएको छ । मुम्बई ड्ग्सको विषयमा अहिले एनसीबीले लगातार लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न हुनेहरुको कडा निगरानी गर्दै आएको छ । यस विषयमा चर्चामा रहेका सेलिब्रेटीसमेत मुछिने गरेका छन् ।

केहि दिनअघि अभिनेता अर्जुन रामपालको घरमा पनि एनसीबीले छापा मारेको थियो ।