काठमाठौं महानगरमा आजदेखि निःशुल्क पीसीआर परीक्षण हुँदै

-



     सफल आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ मंसिर । काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षण शुरु गर्दैछ । यसका लागि महानगरका वडाहरुमा स्वाब संकलन गर्न लागेको बताईएको छ ।

महानगरले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डमा परेका व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण फेरी शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताएका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वा तथा मानवअधिकार अभियानका अगुवा पध्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा शाक्यले आजबाट फेरी महानगरमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्न लागेको बताए हुन् ।

मेयर शाक्यका अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त तथा जेष्ठ नागरिकको पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्न मोबाइल गाडी संचालन हुँदैछ । मेयर शाक्यले कन्ट्याक्ट ट्रेसिङमा परेका र काेराेना भाइरसको संक्रमणका लक्षण देखिएकाहरुलाई पीसीआर गर्नका लागि सरिक हुन आग्रह गरेका छन् ।