
काठमाडाैं, ८ मंसिर । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा भिडियोमार्फत जी बीसका नेताहरूकाे पन्ध्रौँ शिखर सम्मेलनको पहिलो चरणको बैठकमा सहभागी भएर कोभिड-१९ खोपको अन्तर्राष्ट्रिय सहयोगमा सक्रिय समर्थन रहेकाे महत्वपूर्ण सम्बोधन गरेका छन् ।
नेता सीले चीनले कोभिड-१९ खोपको अन्तर्राष्ट्रिय सहयोगमा सक्रिय समर्थन तथा संलग्न गर्ने भन्दै अरू विकासोन्मुख मुलुकलाई सम्बन्धित सहयोग र समर्थन गरी खोपलाई विभिन्न मुलुकका जनताले किन्न सक्ने सार्वजनिक उत्पादित वस्तु बनाउने वचन चीनले दिएको दोहोर्याए ।
सीले न्युक्लिक एसिड परीक्षण नतिजाको आधारमा अन्तर्राष्ट्रिय मान्यित क्युआर कोडको रूपमा बनाइने स्वास्थ्य कोडको अन्तर्राष्ट्रिय आपसी मान्य प्रणालीको रचना गर्ने प्रस्ताव चीनले प्रस्तुत गरेको छ र अरू मुलुक त्यसमा संलग्न हुने आशा चीनले लिएको उल्लेख गरे ।
नेता सीले डाटा सुरक्षाको सहयोगलाई बढाएर विभिन्न मुलुकका वैज्ञानिक तथा प्राविधिक व्यवसायलाई न्याय वातावरण उपलब्ध गराउन आह्वान गरे । सीले कोभिड-१९ महामारीबाट विश्व शासनको अभाव देखिएको भन्दै हामीले बहु-पक्षवाद, उदार तथा खुलापन, आपसी हितयुक्त सहयोगमा अडिग रहनुपर्ने कुरामा जोड दिए । सबैले मिलेर सुखमय जीवन र मानव जातिको भाग्य समुदायको रचना गर्न प्रयास गरौँ भन्ने कुरा उल्लेख गरेका सिआरआइडट सिएनले लेखेको छ .








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




