कोरोना जित्ने २ लाख नाघे

-



     सफल आवाज    
     मंसिर ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ छ।

हालसम्म पीसीआर विधिबाट १६ लाख ७० हजार ४ सय ५६ परीक्षण भएको छ।