
काठमाडौं, ९ मंसिर । नेपालमा १ हजार ७ सय ९० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गएको २४ घण्टामा महिला ७ सय २१ र पुरुष १ हजार ६९ गरी कुल १ हजार ७ सय ९० जना संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै ९ सय ४७ जना रहेका छन् । तीमध्ये महिला ४ सय १० र पुरुष ५ सय ३७ जना रहेका छन्।
मन्त्रालयका अनुसार देशभर होम आइसोलेसनमा ६ हजार ५ सय १८, आईसीयूमा ३ सय ९३ र भेन्टिलेटरमा ५७ जना छन्।
गएको २४ घण्टामा थप २४ जना संक्रमितको मृत्यु भएको छ । निको हुने २ हजार ७ सय ९१ थपिए । निको हुने दर ९१ प्रतिशत छ । सो अवधिमा १० हजार ८ सय ४३ जनाको पीसीआर परीक्षण भएको हो।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




