
पाेखरा, १० मंसिर । होमियोप्याथिक चिकित्साको क्षेत्रमा परिचित व्यक्तित्व डा. विष्णु चापागाईको नयाँ कृति बजारमा आएको छ । “मेरो छाला, मेरो कपाल, हेरचाह र उपचार ” नामको यो पुस्तकमा मानिसको छाला तथा कपालमा लाग्ने रोग र सो को उपचार प्रक्रियाका बारेमा जानकारी समेटिएको छ । केश तथा छालाका बारेमा ध्यान दिनुपर्ने धेरै कुरा लेखिएको यो पुस्तक अध्ययनका लागि अत्यन्त उपयोगी देखिन्छ ।
मानिसको कपाल व्यक्तित्वसँग जोडिएको हुनाले पनि कपाललाई सधैं स्वस्थ्य र सुन्दर राख्नुपर्ने लेखक चापागाईले पुस्तक मार्फत धारणा राखेका छन । कपाललाई राम्रो बनाउने भन्दै विद्युतिय सामाग्री प्रयोग गरेर आकार परिवर्तन गर्दा कपाल झनै बिग्रने र विभिन्न किसिमका साबुन, स्याम्पुले पनि कपालको र छालाको सुन्दरता बिगार्ने हुँदा यसप्रति सचेत रहन पुस्तकमा आग्रह गरिएको छ । जाडो समयमा छाला सम्बन्धी बढी रोगहरु लाग्ने हुँदा छाला जोगाउने उपायहरु पनि पुस्तकमा समेटिएको छ ।
यसका अलावा पुस्तकमा सेतो दुवी, कालो पोतो किन आउँछ ? छालाको एलर्जीबाट कसरी बच्ने मोटोपन के हो र यसबाट कसरी छुटकारा पाउने, ग्याष्ट्रीक हुने कारण र निराकरणका उपायहरु यौन रोग र यसबाट बच्ने उपाय पिसाब सम्बन्धी समस्या, युरिक एसिड, बाथरोग, मधुमेह, मृगौलाकाे पत्थरी, उच्च रक्तचाप, पायल्स रोग, दाँत र मुखमा लाग्न सक्ने रोग र यी सबै रोगबाट मुक्ति पाउने उपाय समेत पुस्तकमा समेटिनुले यो पुस्तकको महत्व झनै बढेको छ ।
अहिले हामी सबैजना स्वास्थ्य प्रति बढी नै सचेत हुनुपर्ने वर्तमान परिप्रेक्ष्यमा यो पुस्तक थप सहयोगी हुन सक्नेछ । रु ३०० मुल्य रहेको यो पुस्तकलाई पञ्चम आयूर्वेद पोखराका वैद्य लक्ष्मी चापागाईले प्रकाशन गरेकी हुन् ।
हाल यो पुस्तक आरोग्यधाम होमियोप्याथिक हस्पिटल र पञ्चम आयूर्वेद इन्द्रचोक पोखरा १० बाट प्राप्त गर्न सकिने लेखकले बताएका छन् । लेखकले यसअघि दिदि बहिनीको डाक्टर, भान्साको डाक्टर, मनको डाक्टर र आरोग्य सन्देश नामका स्वास्थ्य सम्बन्धी पुस्तकहरु प्रकाशित गरिसकेका छन् । लेखक आरोग्यधाम होमियोप्याथिक हस्पिटल पाेखराका अध्यक्ष एवं संस्थापक पनि हुन् ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




