नियम पालना नगरे नयाँ वर्षमा लकडाउन गर्ने बेलायती प्रधानमन्त्रीको चेतावनी

-


     सफल आवाज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित


लन्डन, १२ मङ्सिर । बोलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोना भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् । उनले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराएका छन् ।

ती नियमहरुलाई हामीले राम्रोसँग पालना गरौं । यदि सरकारले बनाएका ती नियम र विधिहरुलाई नमान्ने अवस्था आयो भने त्यसबाट हामी आगामी नयाँ वर्षको समयमा पुनः अर्काे लकडाउन गर्न बाध्य हुने छौं भनेका छन् । नयाँ वर्षको अवसरमा बेलायतका नागरिकले हाल सरकारले बनाएका नियमहरुको उल्लंघन गर्ने काम भयो भने सरकारले फेरि अर्काे प्रकारको लकडाउन पनि गर्नसक्ने उनले बताए ।

पत्रकार सम्मेलनका क्रममा उनले याे कुरा बताए । उनले महामारी बढिरहेकाे बेला हाल नयाँ हिसाबले बेलायतको सरकारले नियमहरु बनाएकोले त्यसलाई पालना हुन नसकेको पनि बताए । उनका अनुसार अहिलेको अवस्थामा नागरिकले नियमको पालना गरेनन् भने त्यसले आगामी दिनमा थप समस्या ल्याउने र यदि त्यस्तो अवस्था आउने देखियो भने नयाँ वर्षको अवसरमा देशव्यापी रुपमा लकडाउन गर्नुपर्ने पनि हुन सक्ने उनकाे चेतावनी थियाे ।