
बोस्टन, अमेरिका, १६, मंसिर । अमेरिकी बायोटेक कम्पनी मोडेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सतप्रतिशतसम्म प्रभावकारी भएको नयाँ तथ्य सार्वजनिक भएको छ ।
यो खोपले कोरोनाबाट संक्रमित कोही पनि गम्भीर विरामी नहुने नयाँ तथ्य पत्ता लागेको हो । यस्तो दर सतप्रतिशत रहेको कम्पनीले दावी गरेको छ । हालसम्मको अनुसन्धानका क्रममा यो कम्पनीको खोप निकै प्रभावकारी र सुरक्षित रहेको ठानिएको छ ।
खोप विकासको पछिल्लो नतिजासगै मोडेर्नाले खोप आकश्मिक प्रयोगको अनुमतिका लागि सोमबार अमेरिकी खाद्य तथा औषधी प्रशासनसमक्ष आवेदन दिने भएको छ ।

मोडेर्नाले बनाएको खोपले कोरोनाबाट गम्भीर विरामी हुनै नदिने नतिजा शनिबार राति पत्ता लागेको कम्पनीका अनुसन्धान अधिकारी डा.ताल ज्याक्सले उल्लेख गरेका छन् ।
अमेरिकी खाद्य तथा औषधी प्रशासनको खोप सल्लाकार समितिका एक सदस्य डा.पाउल अफिटले यो आश्चर्यजनक नतिजा भनी खुशी व्यक्त गरेका छन् ।
‘मोडेर्नाको खोपको पछिल्लो नतिजा निकै उत्साही र आश्चर्यजनक छ’ उनले सिएनएनसँग भनेका छन ।
डा. ताल ज्याकले पनि अनुसन्धानको पछिल्लो नतिजाबाट आफु निकै भावुक बनेको र रोएको प्रतिक्रिया सिएनएनलाई दिएका छन् ।
‘हामी कोरोना महामारीको अहिलेको अवस्थाबाट अब छिटै नयाँ बाटोतर्फ मोडिँदैछौं’ भन्ने तथ्यले आफुलाई औधी खुशी र भावविभोर बनाएको उनले बताएका छन् ।
यसअघि मोडेर्ना कम्पनीको खोप ९५ प्रतिशत प्रभावकारी भएको तथ्य बाहिर आएको थियो । यस्तै अर्काे अमेरिकी कम्पनी फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप पनि ९५ प्रतिशत प्रभावकारी रहेको छ । फाइजरले पनि खोप प्रयोगको अनुमतिका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको छ ।
झण्डै एक वर्षयता विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध लड्न खोप अनुसन्धान गरिरहेका संसारभरका विभिन्न कम्पनीमध्ये फाइजर र मोडेर्ना सफलताको निकै नजिक पुगेर अब स्वीकृतिको चरणमा पुगेका छन् ।
स्वीकृति पाएसँगै अमेरिकामा अबको केही साताभित्रै कोरोनो विरुद्धको खोप लगाउन थाल्ने तयारी समेत भइरहेको छ । खोपले स्वीकृति पाएको २४ घण्टाभित्रै सबैतिर खोप उपलब्ध गराउने संयन्त्र समेत खडा गरिसकिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यसअघि डिसेम्बर १० मा खोपको स्वीकृति सम्बन्धी निर्णय आउने अपेक्षा गरिएको छ । अमेरिकी खाद्य तथा औषधी प्रशासन बोर्डको बैठकमा वैज्ञानिकहरुले दुवै खोपको प्रभाव र सुरक्षाबारे विस्तृत अध्ययन गरि निष्कर्ष निकाल्ने छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




