रुसमा १ लाखभन्दा बढी नागरिकले कोभिड १९ को खोप लगाए

-



     सफल आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित



मस्को, १८ मङ्सिर । रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो ।

खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत अगष्ट ११ मा नै रुसले खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले खाेप गितिविधका बारेमा जानकारी दिएका हुन । साथै उनले रुसले यहाँका नागरिकलाई खोप लगाएकोे बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताएको छ ।

गएको महिना मात्र उक्त खोपको प्रभावकारीताको बारेमा अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट उक्त खोपले करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो । रुसमा खाेपकाे विकास भएता पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएकाे छ । प्राप्त समाचारअनुसार रूसमा २३ लाखभन्दा बढीमा संक्रमणा भएकाे छ ।