चीन-अमेरिका सम्बन्धको भविष्य के?

-



     सफल आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २३ मंसिर । चीनका परराष्ट्र मन्त्री वाङ यीले पैचिङमा अमेरिका-चीन व्यापार परिषद्को निर्देशक समितिको प्रतिनिधिमण्डलसँग भिडियो आदान-प्रदान गरेका छन्।

‘चीन-अमेरिका सम्बन्धको भविष्य के छ? अमेरिकाले अझै पनि सही छनौट गर्नु आवश्यक छ’, मन्त्री वाङले जोड दिए । अमेरिका-चीन व्यापार परिषद र अमेरिकी व्यापार समुदायका व्यक्तिहरूले दुवै देशको सम्बन्धलाई सही विकासको मार्गमा फर्काउनका लागि सकारात्मक योगदान गर्नेछन् भन्ने आशा पनि उनले व्यक्त गरे।

जो बाइडेनलाई पठाएको बधाई सन्देशमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दुवै पक्षले कुनै द्वन्द वा टकरावको भावना नलिएर आपसी सम्मान, जितको सहयोगी भावनालाई समर्थन गर्ने र सहयोगमा ध्यान केन्द्रित गर्दै  मतभिन्नतालाई व्यवस्थित गर्ने तथा चीन-अमेरिका सम्बन्धको स्वस्थ र स्थिर विकासलाई प्रोत्साहित गर्ने औल्याएमन थिए । यो चीनको प्रस्ताव र चीन-अमेरिका सम्बन्धको अर्को चरणको अपेक्षा भएको मन्त्री वाङले व्यक्त गरे ।

द्विपक्षीय सम्बन्धको भविष्यको विकासमा वाङ यीले रणनीतिक समझदारी सुधार गर्न, सञ्चार र वार्तालाप सुदृढ पार्न, पारस्परिक लाभका सहयोग विस्तार गर्न, द्वन्द्व र मतभिन्नता व्यवस्थापन गर्न र जनमतको वातावरण सुधार गर्नेबारे पाँच सुझाव प्रस्तुत गरे ।

उक्त आदान-प्रदानमा उपस्थित अमेरिकी प्रतिनिधिहरूले अमेरिका-चीन व्यापार परिषदले दुवै देशको सम्बन्धलाई ठूलो महत्व दिने र चीनको आर्थिक विकास सामान्य अवस्थामा फर्किदा विश्व अर्थतन्त्रको पुन: प्राप्तिमा महत्वपूर्ण प्रेरणा मिल्ने बताए।