तिमिल्सिना पश्चिमाञ्चल क्षेत्रीय खेलकुदमा निर्देशक

-



     सफल आवाज    
     मंसिर २५ गते २०७७ मा प्रकाशित



पोखरा, २५ मंसिर । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखराको निर्देशकमा कृष्ण तिमिल्सिना नियुक्त भएका छन् । राखेपको सदस्यसचिवस्तरीय निर्णयअनुसार उनलाई निर्देशक जिम्मेवारी दिइएको हो ।

विद्या मर्सानी गत असार १३ देखि सेवानिवृत्त भएपछि सो पद ५ महिनादेखि रिक्त हुँदैआएको थियो । तिमिल्सिना ५ वर्षदेखि उपनिर्देशक थिए ।

२०४० सालदेखि खेलजीवन सुरु गरेका तिमिल्सिनाले जिम्न्याष्टिकबाट ८ वटा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए ।