
काठमाडाैं, २८ मंसिर । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सीजीटीएनलाई अन्तर्वार्ता दिँदै जलवायु परिवर्तनको सामना गर्ने चीनको नेतृत्वदायी भूमिका र त्यसको सामना गर्ने चीन-अमेरिका सहयोगबारे चर्चा गरेका छन् ।
गुटेरेसले पेरिस सम्झौतामा धेरै मुलुकले वचन दिएपनि कुनै पनि मुलुकले सच्चा ढंगले व्यवहारमा नउतारेको टिप्पणी गरे । उनले गरिब मुलुकका गरिब मानिसले जलवायु परिवर्तनको कारण महंगो मूल्य तिरिरहेको भन्दै सामना गर्ने गतिविधिको तुरून्तै कदम चाल्न विभिन्न मुलुकहरूसमक्ष ताकेता गरे ।
गुटेरेसले विश्वको जलवायु परिवर्तनको सामना गर्दा चीनले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै पेरिस सम्झौतालाई साकार तुल्याउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको दोहोर्याए । चीनले अन्तर्राष्ट्रिय सहयोगमा नेतृत्वदायी भूमिका निर्वाह गरी बेल्ट एन्ड रोडमार्फत जलवायु परिवर्तनको सामना गर्ने समूहमा अरू विकासोन्मुख मुलुकलाई आकर्षित गर्नसक्ने आशा आफूले लिएको पनि बताए।
गुटेरेसले चीन र अमेरिकाले अरू मुलुक र अन्तर्राष्ट्रिय संगठनसँग जलवायु परिवर्तनको सामना गर्नसक्ने आशा आफूले लिएको धारणा व्यक्त गरेका सिआइले जनाएकाे छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




