जलवायु शासनको विन-विन अवस्था निर्माण गर्ने : सी चिनफिङ

-



     सफल आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २९ मंसिर । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जलवायु अपेक्षा शिखर सम्मेलनमा भिडियो मार्फत् “जलवायु परिवर्तनको सम्बन्धमा विश्व प्रतिक्रियाको नयाँ यात्राको उद्घाटन” शीर्षकको महत्वपूर्ण सम्बोधन गरेका छन् । सीले सहयोगको नयाँ परिस्थिति सिर्जना गर्ने र विन-विन जलवायु शासनको निर्माण गर्ने, जलवायु प्रशासनको नयाँ प्रणाली निर्माण गर्ने, हरित पुनर्वहाली मौसम प्रशासनको नयाँ सोचलाई पछ्याउने र चीनले श्रृंखलावद्ध नयाँ उपायहरूको घोषणा गर्ने प्रस्ताव गरे ।

पाँच वर्ष अघि जलवायु परिवर्तनको सामना गर्नका लागि विभिन्न देशका नेताहरूले सबैभन्दा ठूलो राजनीतिक दृढ संकल्प र विवेक प्रयोग गर्दै “पेरिस सम्झौता”मा हस्ताक्षर गरेको बताउँदै उनले ५ वर्षदेखि “पेरिस सम्झौता” कार्यान्वयन चरणमा प्रवेश गरेको उल्लेख गरे। अन्तर्राष्ट्रिय समुदायबाट व्यापक समर्थन र सहभागिता प्राप्त भएकोमा पनि राष्ट्राध्यक्ष सीले जोड दिए ।

राष्ट्राध्यक्ष सीले चीनले “पेरिस सम्झौता” हस्ताक्षरमा महत्वपूर्ण योगदान पुर्‍याएको सुनाउँदै “पेरिस सम्झौता” कार्यान्वयनको सक्रिय अभ्यासमा जोड दिए । उनले भविष्यमा जलवायु परिवर्तनप्रति विश्वव्यापी प्रतिक्रियामा चीनले अझ बढी योगदान पुर्‍याउने बताएका सिआरआईले लेखेको छ ।