इटलीमा सन् २०१९ को डिसेम्बरको सुरुमै कोरोना भाइरस भेटिएको पुष्टि

-



     सफल आवाज    
     मंसिर ३० गते २०७७ मा प्रकाशित



काठमाडाैं, ३० मंसिर । इटलीका वैज्ञानिकहरुले गत वर्षमै एकजना किशोरमा कोरोना भाइरस भेटिएको पुष्टि गरेका छन्। उक्त समय चीनको वुहानमा कोरोना संक्रमित पत्ता लागेको समयभन्दा निकै अघि भएको बताइएको छ।

सन् २०१९ को डिसेम्बर ५ मा दादुरा संक्रमित युवाको रगत जाँच गर्दा कोरोनाको भाइरस भेटिएको र उक्त भाइरस वुहानमा भेटिएको भाइरससँग शतप्रतिशत मिलेको मिलान विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका हुन्।

यसले कोभिड १९ सन् २०१९ को शरदकालीन समयमै युरोपमा फैलिएको पुष्टि भएको अनुसन्धानकर्ताको समूहका नेता प्रोफेसर इलिसाबेट्टा तान्जीले बताउनुभएको हङकङबाट प्रकाशित चाइना साउथ मर्निङपोष्टले लेखेको छ। गत वर्ष नै युरोप र दक्षिण अमेरिकामा फोहोरमा पनि कोभिडको भाइरस भेटिएको सिआरआईले लेखेको छ ।