
काठमाडाैं, १ पुस । चालु वर्ष आकस्मिक रूपमा आएको कोरोना महामारीबाट एशियाका विभिन्न मुलुकको गरिबी अवस्थामा प्रभाव परेको सबभन्दा प्रत्यक्ष कारक तत्व हो । र एशियान नै विश्वमा गरिबी निवारण क्षेत्रमा योगदान दिने सबभन्दा ठूलो क्षेत्र बनेको छ। उक्त जानकारी पोआउ एशिया मञ्चले डिसेम्बर १५ मा प्रकाशित ‘एशियामा गरिबी निवारण २०२०’ मा उल्लेख गरिएको हो।
ठूलो आर्थिक बृद्धि भइरहेको हाराहारीमा एशियामा विकासोन्मुख मुलुकको आर्थिक तथा सामाजिक संक्रमण आधारभूत रूपमा विश्वको अर्थतन्त्र तथा गरिबी संचालन मूल स्थिति परिवर्तन गरिएको छ। सन् २०१९ सम्म अधिकांश एशियाली विकासोन्मुख मुलुकमा गरिबीदर ३ प्रतिशतभन्दा कम घटेको छ।
महामारीको प्रभाव परिरहेका विश्वका विभिन्न मुलुकहरूमध्ये चीनमा गरिबी निवारण क्षेत्रमा हासिल भएका उपलब्धि आकर्षक भएको र लगभग ७० करोड जनसंख्यालाई गरिबीबाट मुक्त गरेको चीनले विश्वको गरिबी निवारण महाकार्यको लागि सबभन्दा ठूलो योगदान दिएको कुरा सो प्रतिवेदनमा उल्लेख छ।
एशियाली मुलुकहरूले गरिब समूहको जीवन समर्थन प्रणालीको सुधार गर्नुका साथै सामाजिक प्रत्याभूति दिने प्रणालीको पनि स्थापना गर्नुपर्ने नयाँ गरिबी निवारण रणनीति तर्जुमा गर्नुपर्ने आग्रह पनि गरिएको सिआरआइले जनाएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




