
बेइजिङ, ३ पुस । डिसेम्बर १७ तारिखमा एक बजेर ५९ मिनेट जाँदा, चीनको चन्द्रमा सर्वेक्षण गर्ने परियोजना, छाङ अ नम्बर ५ यान चन्द्रमाको माटो र चट्टानको नमूना बोकेर चीनको भित्री मङ्गोलियाको निर्धारित क्षेत्रमा सुरक्षित रूपमा अवतरण गर्याे । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चन्द्रमा सर्वेक्षण परियोजनाको मुख्य निर्देशनालय तथा उक्त परियोजनामा सहभागी सबै कर्मचारीलाई हार्दिक शुभकामना तथा बधाई व्यक्त गरे । चीनको चन्द्रमा सर्वेक्षण परियोजनाले सन् २००४ देखि चरणबद्ध रूपमा नयाँ उपलब्धि हासिल गरेको छ।
चीनले सन् २००४ देखि औपचारिक रूपमा चन्द्रमा सर्वेक्षण परियोजना शुरू गरेको छ र यस परियोजनाको नाम‘छाङ अ परियोजना’राखिएको छ। छाङ अ, चीनको दन्त्यकथामा चन्द्रमामा बस्ने परी हुन्। यसलाई चन्द्रमाको प्रतीक पनि मानिन्छ, त्यसैले उक्त परियोजना छाङ अको नामबाट राखिएको हो। चीनको चन्द्रमा सर्वेक्षण परियोजना तीन चरणमा विभाजित गरिएको छः मानवरहित चन्द्रमा सर्वेक्षण गर्ने, मानवसहित चन्द्रमा सर्वेक्षण गर्ने र चन्द्रमामा केन्द्र स्थापना गर्ने रहेका छन्। हाल चीन पहिलो चरणमा छ। सन् १९५९ मा अमेरिका र भूतपूर्व सोभियत सँघले श्रृंखलाबद्ध रूपमा चन्द्रमा सर्वेक्षण गर्ने यानको प्रक्षेपण गरेका छन् र सन् १९६९ मा अमेरिकाले अन्तरिक्ष यात्रीलाई चन्द्रमामा समेत पठाएको थियो। किन यति धेरै वर्षपछि, चीनले विशाल मूल्य चुकाएर चन्द्रमा सर्वेक्षण परियोजना लागू गरेको छ?
सर्वप्रथम, चन्द्रमा सर्वेक्षण परियोजना, एउटा मुलुकको मिलिजुली शक्तिलाई देखाउनुका साथै अन्तरिक्ष प्रविधि विकास स्तरको द्योतक पनि हो। दोस्रो, चन्द्रमा सर्वेक्षण परियोजना एउटा विभिन्न ज्ञान समेटिएको उच्च प्रविधि रहेको क्रमबद्ध परियोजना भएकोले यसबाट सूचना प्रविधि, रोबोट, कृत्रिम बुद्धिमत्ता, नयाँ सामग्री, नयाँ उर्जा स्रोत प्रविधि आदि क्षेत्रको विकासलाई अघि बढाइने छ। यसले सामाजिक आर्थिक प्राविधिक विकासलाई प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ।
उदाहरणको लागि, अमेरिकाले विश्वलाई अग्रणी रहेका सूचना प्रविधि, नयाँ सामग्री आदि प्रविधि, धेरैजसो एपोलो चन्द्रमा सर्वेक्षण परियोजनाबाट पाएको छ। तेस्रो, चन्द्रमा सर्वेक्षणको नतीजा अनुसार, चन्द्रमामा रहेका विशेष ऊर्जा र खनिज पृथ्वीको लागि महत्वपूर्ण रहेको छ। भविश्यमा चन्द्रमा सर्वेक्षणले चन्द्रमाको ऊर्जाको विकास गर्न प्राविधिक तयार गरेर मानव जातिको दिगो विकास गर्न योगदान दिने छ। चन्द्रमा सर्वेक्षण परियोजना मानव जातिको लागि रहस्य र खुला भएकोले अन्तरिक्ष अन्तर्राष्ट्रिय सहयोगलाई चौतारोको स्थापना गरिएको छ। हामी मानव जातिले यस मौकालाई लिएर विभिन्न स्तर र विभिन्न क्षेत्रको अन्तर्राष्ट्रिय सहयोग गरेर संयुक्त रूपमा बाहिरी अन्तरिक्षको सर्वेक्षण गरेर यसबाट मानव जातिको हित कल्याण गर्न सक्छौं।
छाङ अ नम्बर ५ को सफलता, चीनको सफलता मात्र नभई सारा मानव जातिको लागि पनि चन्द्रमा सर्वेक्षणमा ठूलो पाइला हो। संयुक्त राष्ट्र संघले सन् १९८४ मा पारित ‘विभिन्न मुलुकले चन्द्रमा तथा अन्य ग्रहमा कार्वाही गर्ने प्रस्ताव’ मा चन्द्रमा तथा अन्य ग्रहमा रहेका प्राकृतिक स्रोत मानव जातिको संयुक्त धन रहेको र कुनै पनि मुलुक र संगठन एक्लो मालिक नभएको उल्लेख छ। यो चीनले सधैं अपनाएको मानव जाति भाग्य एकरूपताको विचारधारासँग मिल्छ। त्यसैले छाङ अ नम्बर ५ को सफलताले चीनको प्राविधिक विकासलाई देखाउनुका साथै सारा मानव जातिको चन्द्रमा सर्वेक्षण गर्ने शक्ति उकासिएको सिआरआइले लेखेकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




