स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, अन्य मन्त्रीहरु पनि सङ्क्रमित

-



     सफल आवाज    
     पौष ४ गते २०७७ मा प्रकाशित



ब्राटिस्लाभ ४ पुस । स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनलाइर्स ङ्क्रमण पुष्टि भएको हो ।

सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी भएका थिए । उनलाई केही दिन अगाडि नै सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टिभएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरु पनि सेल्फ आइसोलेसनमा बसेका थिए । कोरोना सङ्क्रमण पुष्टि भएको ल्यावको कागजको फोटो समेत राखेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, आज म पनि तिम्रो एउटा सङ्क्रमित भएको छु ।

“म क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पुरा हुन कठिन हुने देखिएको छ,” ४७ बर्षिय प्रधानमन्त्री माटोभिकले लेखेका छन्। सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोनाभाइरसबाट सङ्क्रमित भएको एएफपीलाई जनाएको छ । सङ्क्रमित भएसँगै उनले धेरै कार्यक्रमहरु स्थगित गरेका छन् ।