चीनको उच्च गुणस्तरीय विकासबाट विश्वमा थप विश्वास तथा जीवन्त शक्ति थपिँदै

-



     सफल आवाज    
     पौष ६ गते २०७७ मा प्रकाशित



बेइजिङ, ६ पुस । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको आर्थिक कार्य बैठक नै आउने वर्षमा चीनको अर्थतन्त्रको दिशालाई देखाउने महत्वपूर्ण बैठक हो। सो बैठकमा विकासको नयाँ मूल स्थितिको निर्माण गर्दा पहिलो पाइला राम्रोसँग गर्नुपर्ने आग्रह गरिएको छ। विश्वको दोस्रो ठूलो आर्थिक एकाइ चीन चालु वर्षमा विश्वमा आर्थिक बृद्धि भएको एउटै मात्र मुख्य आर्थिक एकाइ हो। चीनले विकासको नयाँ मूल स्थितिको निर्माण गर्दै सुधार तथा खुलापनको नयाँ उचाइमा पुगेपछि विश्वका विभिन्न मुलुकको लागि अझ फराकिलो बजार तथा विकासका नयाँ नयाँ मौकाहरू प्रदान गर्नेछ।

नयाँ मौका नै निहित उपभोग्य शक्तिबाट आउँछ। आगामी १५ वर्षमा चीनमा मझौला खालको आम्दानी प्राप्त समूहमा संलग्न जनसंख्या ८० करोड पुग्ने अनुमान गरिएको छ। जसबाट उपभोग्यको स्तर उकासिने ठूलो शक्ति देखिन्छ। ठूलो बन्दै जाने यस चिनियाँ उपभोग्य बजारको केही छिमेकी मुलुक नेपाल लगायतका विभिन्न मुलुकको लागि यथेष्ठ व्यापारिक मौका हुने बजार हो र ती मुलुकहरूको विकासको लागि प्रशस्त मौका प्रदान हुनेछ। नयाँ मौका नै खुलापनको विस्तार गर्ने दृढ कदमबाट आउँछ। दृढ खुलापन नीति र सुधार भइरहेको व्यापार मैत्री वातावरण भएकोले विश्वमा विदेशी लगानीमाझ सबभन्दा लोकप्रिय गन्तव्यमध्येको एक चीन बनेको छ। नयाँ मौका नै नविनता प्रधान विकास रणनीतिबाट आउँछ। भविष्यमा चीनमा डिजिडल अर्थतन्त्र लगायत नविनता आधारित विकासमा नयाँ उर्जा बढ्दै जाने र चीनको अर्थतन्त्रमा अझ धेरै जीवन्त शक्ति देखिनेछ जसबाट विश्वको आर्थिक बृद्धिमा बलियो शक्ति थपिँदै जानेछ।

चीनको विकास विश्वसँग घनिष्ट सम्बन्ध छ भने विश्वको समृद्धि चीनसँग पनि सम्बन्धित छ। आउने वर्षमा औद्योगिक शृङ्खलाको आपूर्तिको आत्म नियन्त्रण क्षमता प्रवर्द्धन गर्ने, आन्तरिक मागको विस्तार गर्ने रनणीति कायम राख्ने, सुधार तथा खुलापनलाई चौतर्फी रुपमा अगाडि बढाउने, कार्बनडाइअक्साइटको निष्काशन शिखरमा पुर्‍याएर यसलाई सून्य बनाउने लगायत ८ वटा मुख्य कार्यमा केन्द्रित हुने चीनको उच्च गुणस्तरीय विकासमा भइरहने चीनको अर्थतन्त्रबाट महामारीपश्चात् विश्वमा थप विश्वास र जीवन्त शक्ति राख्दै जाने शंका नै नभएकाे सिआरआइले लेखेकाे छ ।