रुसी राष्ट्रपति पुटिन अर्को वर्ष भारत आउने सम्भावना

-



     सफल आवाज    
     पौष ६ गते २०७७ मा प्रकाशित



मस्को, ६ पुस । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नयाँ वर्ष २०२१ को पहिलो छ महिनाभित्रमा भारत आउने सम्भावना रहेको छ । यही बर्ष सन् २०२० को अन्त्य तिर उनी भारत आउने तालिका भए पनि अहिले स्थगित भएकाले अर्को वर्ष आउने सम्भावना रहेको हो ।

पुटिनको अहिलेको भ्रमण स्थगित भएर अर्को वर्षको तालिकामा परेको भारतका लागि रुसका राजदूत निकोलाय कुडाशेभले सोमबार पुष्टि गरेका हुन । “कोरोना महामारीका कारण अहिलेको भ्रमण व्यवस्थापन गर्न गाह्रो हुने भएकाले अहिलेलाई स्थगित गरिएको हो ।

अर्को वर्ष अवस्था सामान्य भयो र व्यवस्थाप नगर्न सकिने भयो भने उनले अर्को वर्ष भ्रमण गर्नुहुने छ,” उनले भने । राष्ट्रपतिको भ्रमण नभएपछि भारत र रुसका बीचमा विभिन्न चरणमा छलफल तथा वार्ताहरू भने भइरहेको उने बताए । आगामी भ्रमणको तालिका पनि दुवै पक्षको सहमतिमा तय गरिने राजदूत कुडाशेभले जानकारी दिए ।