
बोस्टन, अमेरिका, ७ पुस । कोरोनाविरुद्ध खोपको सुरुवातले खुशी ल्याउन नपाउँदै बेलायतबाट नयाँ प्रकारको कोरोना भाइरस फैलिएर अर्काे चिन्ता थपिदिएको छ । हालै बेलायतमा देखा परेको नयाँ प्रकारको कोरोना भाइरस विभिन्न देशमा समेत पुगेपछि चिन्ता बढेको हो ।
प्रारम्भिक अनुसन्धानले नयाँ प्रकारको भाइरस पुरानो भन्दा ७० प्रतिशत बढी सर्ने खालको पाइएको छ । विज्ञहरुले यसको विकासक्रम झन् डरलाग्दो रहेको औंल्याएका छन् । यसले गर्दा क्रिसमसको पूर्वसन्ध्यामा कडा लकडाउन जानुपर्ने बाध्यात्मक अवस्थामा बेलायत पुगेको छ ।
नयाँ प्रकारको भाइरस झन् संक्रामक रहेको र यो नियन्त्रणबाहिर जान थालेको विवरणपछि कैयन् देशहरुले बेलायतसँगको यात्रामाथि प्रतिबन्ध घोषणा गरेका छन् । हालसम्म यात्रा प्रतिबन्ध घोषणा गर्नेहरुमा फ्रान्स, जर्मनी, आयरल्यान्ड, बेल्जियम, इटली र द नेदरल्यान्ड्स छन् । अरु थप मुलुकले पनि बेलायतसँगको यात्रा रोक्ने तयारी थालेको बीबीसीले उल्लेख गरेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशतसम्म बढी सर्ने खालको रहेको बताएका छन्। यस्तै बेलायतका प्रमुख मेडिकल अफिसर प्राध्यापक क्रीस ह्विटीले नयाँ प्रकारको भाइरसको विकासक्रमले स्थिति झन् खराब हुने संकेत गरेको बताएका छन्। उनले कोरोनाविरुद्धको खोप दिन थालेकाले आशा गर्ने ठाउँ रहेको बताए ।
बेलायतबाट सुरु भएको यो भाइरसको नयाँ प्रकार हालसम्म डेनमार्क, अष्ट्रेलिया र नेदरल्यान्ड्समा देखा परिसकेको छ । हालै प्रयोगमा आएको खोपले नयाँ प्रकारको भाइरसलाई काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन नसकिएको अनुसन्धानकर्मीहरुले औंल्याएका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशतसम्म बढी सर्ने खालको रहेको बताएका छन्। यस्तै बेलायतका प्रमुख मेडिकल अफिसर प्राध्यापक क्रीस ह्विटीले नयाँ प्रकारको भाइरसको विकासक्रमले स्थिति झन् खराब हुने संकेत गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बेलायत कोरोनोविरुद्धको खोपलाई अनुमोदन गरि प्रयोगमा ल्याउने पहिलो मुलुक हो । बेलायतमा दुई साताअघि फाइजरको खोप स्वीकृत भई जेष्ठ नागरिकबाट प्रयोगको थालनी समेत भइसकेको थियो ।

बेलायतले यसको फैलावटलाई रोक्ने प्रयास स्वरुप लण्डनसहितका ठूला सहर क्षेत्रमा कडाई गर्दै लकडाउन सुरु गरेको छ । बेलायतमा डिसेम्बरको सुरुवातदेखि नयाँ प्रकारको भाइरसका संकेत देखा परेको ठानिएको छ । बेलायतले फाइजरको खोपलाई सबैभन्दा पहिले अनुमोदन गरेर दुई साताअघि जेष्ठ नागरिकहरुलाई खोप लगाएर यसको सुरुवात गरेको थियो ।
विश्व स्वास्थ्य संगठन समेत कोरोनाभाइरसको नयाँ प्रकारका कारण चिन्तित बनेको छ । उसले बेलायती अधिकारीहरुसँग यसबारेमा निरन्तर सम्पर्कमा रहेर जानकारी लिइरहेको जनाएको छ । यो भाइरस कत्तिको घातक छ भन्ने यकिन भने भइसकेको छैन । यद्यपी यसको फैलिने गति निकै तीब्र रहेकाले यो चिन्ताको विषय बनेको संगठनले उल्लेख गरेको छ ।
नयाँ भाइरसको प्रकारसँग जुध्ने रणनीति बनाउन यूरोपेली संघका राजदुतहरुको आपतकालिन बैठक बस्दैछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




