इरानको आणविक मामिला छिटो सुरू हुनुपर्ने चीनको माग

-



     सफल आवाज    
     पौष ९ गते २०७७ मा प्रकाशित



बेइजिङ, ९ पुस । संयुक्त राष्ट्र संघस्थित चिनियाँ उपप्रतिनिधि कङ श्वाङले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदबाट आयोजित इरानको आणविक मामिला शीर्षकको भिडियो सम्मेलनलाई सम्बोधन गरेका छन् । इरानको आणविक मामिलाको समाधान सम्बन्धी सम्झौता पत्रको कार्य सकेसम्म छिटो पुनः सुरू गर्न चीनले आग्रह गरेको कुरा कङले सो सम्मेलनमा व्यक्त गरे ।

उप प्रतिनिधि कङले एकपक्षीय रूपमा इरानको आणविक मामिला समाधान सम्बन्धी सम्झौताबाट अमेरिका बाहिरिनु नै हाल इरानको आणविक समस्याको मुख्य कारक रहेको बताए । हाल इरान आणविक मामिलाको परिस्थिति परिवर्तन हुँदैआएको छ ।

साथै फेरि नयाँ चुनौती पनि देखापरेको देखिन्छ। सो मामिलासित सम्बन्धित विभिन्न पक्षले शान्तिपूर्ण तथा दृढताका साथ इरानको आणविक मामिला सम्बन्धी सम्झौता बमोजिम आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने कुरा पनि उनले औंल्याएकाे सिआरआइले लेखेकाे छ ।