वसन्त चाडभरिमा ५ करोड सर्वसाधारणलाई कोरोना भ्याक्सिन दिइने

-



     सफल आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित



काठमाडाैं, १० पुस । न्यूयोर्क टाइम्सले जनाएअनुसार चीनले आगामी फेब्रुअरी महिनामा पर्ने वसन्त चाड अघि नै करीब ५ करोड सर्वसाधारणलाई कोरोना भ्याक्सिन लगाउने योजना बनाएको सम्बन्धित विज्ञहरूले बताएका छन्।

आगामी वर्ष वसन्त चाडको विदामा अधिक सर्वसाधारणलाई खोप दिइनेछ। अप्रिलमा साइनोफार्फ र क्वोसिङ खोप औपचारिक रुपमा बजारमा पठाइनेछ। शाङ्हाइका खोप विशेषज्ञ थाउ ली नाका अनुसार ५ करोड भन्ने आँकडा प्रारम्भिक मूल्यांकनमा आधारित छ।

स्वास्थ्यकर्मिहरू, हवाई उड्ययनसँग सम्बन्धित र खाद्य उद्योग जस्ता भाइरल संक्रमणको उच्च जोखिम भएका मानिसलाई यो भ्याक्सिन सबैभन्दा पहिला लगाइने न्यूयोर्क टाइम्सले लेखेको छ।