चरक मेमोरियलको रक्तदानमा १०४ युनिट रगत संकलन

-



     सफल आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित



पोखरा, १० पुस । पोखरामा रगत अभाव भइरहेकाे बेला चरक मेमोरियल हस्पिटलले अाज शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा १०४ यूनिट रगत संकलन भएकाे जनाइएकाे छ । अस्पतालका प्रबन्ध निर्देशक कपिल पाेख्रेलले उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता अस्पतालका अध्यक्ष डा. बद्री पौडेलले गरेका थिए ।

कार्यक्रममा ब्लड बैंक पोखराका प्राविधिक महेन्द्र केसीले रगत अभाव पूर्ति गर्न चरक मेमोरियलले आयोजना गरेको यो कार्यक्रम सह्रानीय भएको बताए । कार्यक्रमको संचालन अस्पतालका म्यानेजर प्रदीप शर्माले गरेका थिए । कार्यक्रममा रक्तदातालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

२०६९ सालमा पोखरा नयाँबजारमा संचालित चरक अस्पतालले गत वर्षको माघदेखि पोखराको नागढुंगामा सुविधासम्पन्न भबनमा अस्पताल संचालनमा ल्याएको छ । अस्पतालमा सबै प्रकारका रोगको उपचार सुविधा रहेको अस्पतालका अध्यक्ष बरिष्ठ फिजिसियन डा ‍बद्री पौडेलले बताए ।

करिब १ अर्ब पचास कराेड रुपैयाँ लागतमा स्थापित चरक मेमाेरियल अस्पताल गण्डकी प्रदेशमै अस्पताल बिल्डिङमै हेलिप्याड भएको पहिलो अस्पताल हो । कोभिड–१९ को सन्त्रास कायम रहँदा कतिपय अस्पतालले अस्पताल गेटबाटै बिरामी फर्काउने गरेकोमा चरकले भने सुरुवातदेखि नै फिभर क्लीनिक संचालन गर्दै सबै प्रकारका रोगका बिरामीको उपचार दिँदैआएको छ ।

कोरोना संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सक, नर्स, क्लीनर लगायत सबै आइसोलेसनमै बसेर उपचारमा क्रियाशील रहन्छन । अन्य रोगका बिरामी पनि ढुक्कका साथ चरक मेमोरियल अस्पतालमा सबै किसिमका राेगकाे उपचारका लागि आउन सकिने अस्पतालका प्रबन्ध निर्देशक कपिल पाेख्रेलले जानकारी दिए ।

अस्पतालमा हाल आईसीयू १७ वटा, भेन्टिलेटर ८ वटा छन् । चौबीसै घण्टा बिरामीको लागि आवश्यक अक्सिजन सप्लाई सुविधा छ । डाक्टर तथा नर्सको प्रत्यक्ष निगरानी उपचार सुविधा रहेको अस्पतालमा बिरामीका आफन्त नभएपनि दैनिक रुपमा घरपरिवारका सदस्यलाई रिपोर्टसमेत उपलब्ध गराइन्छ ।

आईसीयू, एनआईसीयू, सीटी स्क्यान, सीटी एनजीओ, क्याथ ल्याब, आधुनिक मोडलुर ओटी लगायत आधुनिक प्रविधिमा आधारित रही सहुलियत दरमै उपचार सुविधा दिइरहेको चरक मेमोरियलअस्पतालका अध्यक्ष बरिष्ठ फिजिसियन डा ‍बद्री पौडेलले सफल आवाजलाई बताए।