जनतालाई प्राथमिकतामा राख्ने कुरा सन् २०२० चीनको स्पष्ट सम्झना

-



     सफल आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित



बेइजिङ, १२ पुस । ७ करोड ८० लाखभन्दा बढी मानिस संक्रमित भएको र १७ लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएका आदि दुःखद समाचारहरू सुनिन्छन्।

सन् २०२० को शुरूवातमा पुन:फर्केमा कसैले पनि नयाँ कोरोना भाइरसबाट मानवीय समाजलाई यत्रो गम्भीर दु:ख र डामाडोलको अवस्था ल्याउने कुरा सोचेको थिएन। मानिसको प्राणको कसरी संरक्षण गर्ने भन्ने प्रश्न प्रत्येक मुलुकका सामु देखा परेको देखिन्छ।

महामारी फैलिरहेको जटिल अवस्थामा व्यक्तिगत तथा समाज र नागरिक तथा देश बीचको सम्बन्धको धेरैपटक गरी विश्वका मानिसहरूले सोधपुछ र स्वविचार गर्ने गरेका छन्।

विश्वमा सबैभन्दा पहिले महामारी भोगेको मुलुकको हैसियतले चीनले सर्वप्रथम महामारी नियन्त्रण र प्रतिरोध सम्बन्धी महत्वपूर्ण रणनीतिक उपलब्धि प्राप्त गरेको छ भने सर्वप्रथम उत्पादन र कारोबारको पुन:आरम्भ गरेको छ। सर्वप्रथम अर्थतन्त्रको अधोगतिलाई प्रगतिको रुपमा परिणत गरेको छ र निर्धारित योजना अनुसार गरिबी निवारणको लक्ष्यलाई साकार तुल्याएको छ।

किन चीन सक्षम छ? मिलिजुली राष्ट्रिय शक्ति, राष्ट्रिय व्यवस्था र वैज्ञानिक निर्णय आदि दृष्टिबाट अध्ययन गरेपछि विश्वका पर्यवेक्षकहरूले आ-आफ्नो उत्तर पाउन सकेका छन्। ती उत्तरमध्ये सबैभन्दा महत्वपूर्ण अनुभव के छ भने चिनियाँ जनताको मूलभूत आश्रयको रुपमा रही चिनियाँ कम्युनिष्ट पार्टीले सधैं नै जनताको हितलाई सबभन्दा उच्च स्थानमा राख्नुका साथै जनतामा भर परेर सबै कठिनाई, खतरा र अवरोधलाई जित्दै आएको छ। त्यसैगरी “जनतालाई प्राथमिकतामा राख्ने” कुरा सन् २०२० अर्थात् यत्रो असामान्य वर्षमा चीनको सबैभन्दा स्पष्ट मेमोरी बनेको सिआरआईले लेखेको छ ।