चीन-युरोप लगानी सन्धि सम्झौता सफल भएको दाबी

-



     सफल आवाज    
     पौष १८ गते २०७७ मा प्रकाशित



पेचीङ, १८ पुस । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा जर्मनी चान्सलर एङ्गेला मर्केल, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन, यूरोपेली परिषदका अध्यक्ष चार्ल्स मिशेल र युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँग भिडियो मार्फत् बैठक आयोजना गरे । उनीहरूले चीन र युरोपबीच लगानी सन्धिसम्बन्धी सम्झौता-वार्ता निर्धारित योजना बमोजिम पूरा भएको घोषणा गरे।

सात बर्षमा ३५ चरणको वार्ता पछि, चीन-यूरोप लगानी सन्धिसम्बन्धी सम्झौता अन्ततः एक ठूलो सफलता हासिल भयो। विश्वव्यापी अर्थतन्त्रको गम्भीर प्रभावको सन्दर्भमा यो लगानी सम्झौताको वार्ता सम्पन्न हुनु पक्कै पनि सबै पक्षका लागि शुभ समाचार हो।

खुला प्रतिबद्धताहरूमा चीन र युरोप दुबैले आवश्यक नियामक शक्तिहरू राखेका छन। यसका साथै दुबै पक्षले द्विपक्षीय लगानीलाई मात्र बढाउने छैनन् तर दिगो विकासका लागि लगानी अनुकूल हुनुपर्नेमा जोड दिएका छन्।

तथ्यांकका अनुसार चीनमा यूरोपको हालको लगानी चीनको वैदेशिक लगानीको ५ प्रतिशतले मात्रा ओगटेको छ र युरोपमा चीनको लगानी मात्रा युरोपको वैदेशिक लगानीको ३.४ प्रतिशत रहेको छ। यथास्थिति दुबै पक्षको अर्थव्यवस्थाको आकारसँग अनुकूल खाँदैन। यस कारणले गर्दा चीन यूरोप लगानी सम्झौताले सबै पक्षहरूको आशालाई एकसाथ ल्याएको सिआरआइले लेखेको छ ।