
बोस्टन, अमेरिका, १८ पुस । सेनासँग सम्बन्ध भएको आरोप लागेका तीन चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जको सूचीबाट निकालिने भएको छ ।
ट्रम्प प्रशासनले तारो बनाएका कम्पनीहरू चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकम हङ्कङका शेयरहरू अर्को सातादेखि त्यहाँ कारोबार नहुने भएको छ। तीनै कम्पनीले आफ्नो सबै आय चीनमा गर्ने र अमेरिकामा कुनै महत्त्वपूर्ण उपस्थिति नभएको बताइएको छ।
सूचीबाट हटाउने प्रक्रियालाई अमेरिका र चीनबीचको बढ्दो तनावको साङ्केतिक कारबाही मानिएको छ। तीनै कम्पनीको शेयर अमेरिकामा विरलै कारोबार हुनेमा पर्छ। राज्य नियन्त्रित ती कम्पनीहरूले चीनमा दूरसञ्चार क्षेत्रमा हैकम चलाएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नोभेम्बरमा चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँ कम्पनीमा लगानी गर्न अमेरिकीहरूलाई रोक्ने नियम जारी गरेका थिए।
न्यूयोर्क स्टक एक्सचेन्जले ज्यानुअरी ७ देखि ११ भित्र ती कम्पनीहरूको शेयर कारोबार बन्द गर्ने बताएको छ। हाल न्यूयोर्क स्टक एक्सचेन्जमा २०० भन्दा बढी चिनियाँ कम्पनीहरू सूचीकृत छन्।
बीबीसीबाट








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




