
पोखरा, २५ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले राखेपले मात्र खेलकुदका संरचना बनाउन नसक्ने भन्दै पब्लिक प्राइभेट पार्टनरसीप आधारमा संरचना बनाउनुपर्नेमा जोड दिएका छन् । उनले आफूहरुलेमात्र स्रोत खोज्न नसक्ने भन्दै खेलकुदको समग्र विकासलाई आर्थिक विकाससँग जोड्न सो योजनामा गए खेल दिगो बन्ने बताए । नेपाल तेक्वान्दो संघको वार्षिक साधारणसभाको शनिबार पोखरामा उद्घाटन गर्दै सदस्य सचिव सिलवालले खेलको विकासका लागि जति धेरै मानिसलाई समेट्न सक्यो, त्यति अपनत्व हुने भएकोले खेल क्षेत्रको विकास हुने बताए ।
जिम्मेवार पदमा रहेका व्यक्तिहरुले कुनै आग्रह र पूर्वाग्रह नराख्ने हो भने खेल क्षेत्रले फड्को मार्ने दाबी गरे । उनले भने, खेलाडी र प्रशिक्षक छनोटमा तेरो र मेरो भन्ने प्रवृत्तिका कारण समस्या भएको छ, सोको निराकरणका लागि कुनै पनि आग्रह र पूर्वाग्रह राख्नु हुँदैन । त्यसो भएमात्र समग्र खेल क्षेत्रको विकास सम्भव छ ।
तेक्वान्दो संघको विवाद मिलाउन दुवै संघबाट विवाद समाधान समितिमार्फत एक हुनुपर्ने सुझाव दिए । संघ टुटेर नभै गाभिएर ठूलो हुनुपर्ने उनको जोड छ ।
संघका अध्यक्ष प्रकाशशमशेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भोजबहादुर शाह, सचिव दीपराज गुरुङ, गण्डकी अध्यक्ष जगन गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रममा सदस्यसचिव सिलवाल, राखेप सदस्य सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ, नन्दा बस्याललाई नेपाल तेक्वान्दो संघले सम्मान गरेको छ ।
त्यस्तै, संघलाई १६ लाख भन्दा वढी सहयोग गर्ने सुमेरु ग्रुुपका अध्यक्ष भरत मर्हजन सम्मानित भए ।
संघले यो वर्ष ‘नेशनल हिरोज २०२०’का रुपमा सञ्चारकर्मी सुशील पाण्डे र समाजसेवी नेहा पोख्रेललाई १५ हजारसहित सम्मान गरेको छ ।
साधारणसभाले संघले दोलखाको सैलुङमा निर्माण गर्ने हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरको योजना पारित गरेको छ । सोको लागि सैलुङ गाउँपालिकाले ५ रोपनी जग्गा उपलब्ध गराएको जनाइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




