चीनकाे अन्तराष्ट्रिय विकास सम्बन्धि श्वेतपत्रः नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वाश

-


     सफल आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित


पेचिङ, २९ पुस । चीनको राज्य परिषदले नयाँ युग चीनको अन्तर्राष्ट्रिय विकास सहयोगको श्वेतपत्रलाई प्रकाशित गरेको छ। उक्त श्वेतपत्रले चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनयता अन्तर्राष्ट्रिय विकास तथा सहयोग क्षेत्र चीनको नीति तथा धारणाबारे जानकारी दिएकाे छ । साथै नयाँ युगमा सो क्षेत्रमा चीनले पाएको प्रगतिलाई प्रतिबिम्बित गरी मानवजातीय भाग्य समुदायका लागि चीनको अन्तर्राष्ट्रिय विकास तथा सहयोगले गरेको सक्रिय योगदान देखाएको छ।

हामी एउटै पृथ्वीमा बसेका छौँ भने आपसबीच अलग हुन सक्दैनौँ। आपसमा मिलेर बसेकाले हाम्रा लागि यो पृथ्वी एउटा गाउँ जस्तै हो। त्यसैले समानता र आपसी सहयोगमा आधारित मानवजातीय भाग्य समुदाय नै पृथ्वीको मूल विकास धारणा हो। यो चीनले विश्व व्यवस्थापनलाई प्रदान गरेको विद्धता र कार्यक्रम हो साथै विश्वको दोस्रो ठूलो आर्थिक समुदायको रूपमा रहेको चीनको जिम्मेवार पनि हो। चीन मानवजातीय भाग्य समुदायको अधिवक्ता हो साथै सो धारणाको सक्रिय व्यवसाय पनि हो। नेपाल पनि उक्त धारणामा अडिग रहिरहेको छ। चीन र नेपालबीचका विभिन्न क्षेत्रका सहयोग समानता र आपसी सहयोगको आधारमा गरिएको हो। जसले मानवजातीय भाग्य समुदायको लागि सक्रिय योगदान गरेका छन् साथै उक्त धारणालाई व्यवहारमा उतारेको सबभन्दा श्रेष्ठ नमूना पनि बनेको छ।

सन् २०१५ को अप्रिल २५ तारिख नेपालमा ८.१ रेक्टर स्केलको भूकम्प गएको थियो जसबाट ठूलो मानव क्षति भएको थियो। भूकम्प गएको भोलिपल्ट चीनको अन्तर्राष्ट्रिय उद्धार टोलीले काठमाण्डौँ पुगेर उद्दार कार्य सुरु गरेको थियो। नेपालमा पुगेकोमध्ये संयुक्त राष्ट्र संघबाट स्वीकृत पहिलो अन्तर्राष्ट्रिय उद्धार टोली चीन बनेको थियो। त्यसपछि चीन सरकारको चिकित्सा टोली, चीनको रेड क्रस अन्तर्राष्ट्रिय उद्धार टोली, चिनियाँ जन मुक्ति सेनामातहत छङतु शाखाको राष्ट्रिय भूकम्प उद्धार टोली र चिकित्सा टोली एकपछि अर्को गरी नेपालमा पुगेका थिए। यसबाहेक दशवटाभन्दा बढी चिनियाँ लोक उद्धार टोलीले पनि धेरै सहयोग गरेका थिए। भूकम्प उद्धार कार्य पूरा भएपछि चीन सरकारले पेशागत टोलीको गठन गरी नेपालको पुनःनिर्माण चाहना बुझ्न खटाएको थियो र हनुमान ढोका दरवारको पुनःनिर्माणलाई सहयोग गरेको थियो।

सन् २०२० को सुरूमा चीनमा कोरोना भाइरस महामारी फैलिएको थियो। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल घोषणा गरी नेपालले चीन सरकार र चिनियाँ जनतालाई दृढ समर्थन गर्नुभयो। त्यसपछि नेपाल सरकारले वुहानलाई १ लाख मार्क प्रदान गरेको थियो। २२ वर्षीय नेपाली किशोरीले परिवार र साथीसँग मिलेर २.५ लाख वटा मास्क संकलन गरी चीनको हुपैतर्फ पठाएकी थिइन्। उनले भनिन् पाँच वर्षअघि नेपालमा भूकम्प गएपछि चिनियाँ जनताले निस्वार्थ रूपमा नेपालीलाई सहयोग गरेका थिए। त्यसैले वर्तमान विशेष अवस्थामा चीनलाई पनि सकेसम्म सहयोग गर्नसक्ने मेरो आशा छ। त्यसबाहेक नेपालका विभिन्न क्षेत्रका व्यक्तिहरूले पनि विभिन्न कार्यक्रमको आयोजना गरी महामारो नियन्त्रण गर्न चीनलाई समर्थन दिएका थिए।

चीनको महामारी अवस्था स्थिर भएपछि नेपालमा फैलिन थालेको थियो। चीनले तत्काल नेपाललाई आवश्यक सामग्री प्रदान गरेको थियो। साथै नेपालमा बस्ने चिनियाँ व्यवासायीले पनि सामग्री र खाना प्रदान गरी नेपालई सहयोग गरेका थिए। चीनले भिडियो वार्ताको आयोजना गरी नेपाललाई महामारी नियन्त्रण अनुभवको शेयर गरेको थियो।

चीन र नेपालबीचको सहयोग उद्धार मात्रै होइन। चीन नेपालमा वैदेशिक प्रत्यक्ष लगानीको सबभन्दा ठूलो योगदानकर्ता पनि हो। सन् २००३ मा नेपालमा चीनको प्रत्यक्ष लगानी मात्रा १८ लाख १० हजार अमेरिकी डलर मात्रै थियो भने सन् २०१४ मा उक्त मात्रा १७ करोड ४० लाख अमेरिकी डलरसम्म पुगेको थियो। सन् २०१९ नेपालमा कूल वैदेशिक प्रत्यक्ष लगानी मात्रा २१ करोड ६० लाख अमेरिकी डलर पुगेको थियो भने तीमध्ये ११ करोड ४० लाख अमेरिकी डलर चीनको लगानी थियो।

सन् २०१७ मा नेपाल लगानी शिखर सम्मेलन क्रममा चिनियाँ लगानीकर्ताले पछिका केही वर्षमा नेपाललाई लगानी गर्ने कूल मात्रा ८ अर्ब ३० करोड अमेरिकी डलर पुग्ने वचन दिएका थिए। सन् २०१७ मा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार तथा यातायात सन्धिमा हस्ताक्षर गर्नुभयो जसबाट नेपालले चीनका चारवटा बन्दरगाह र तीन वटा नाकामार्फत व्यापार गर्न सकिनेछ। अझै कहाँसम्म भने वेल्ट एन्ड रोड कार्यक्रममा संलग्न भएपछि चीन र नेपालबीचको सहयोग नयाँ उचाइमा पुग्ने संभावना छ।

नयाँ युगमा चीनले अन्तर्राष्ट्रिय समूहसँग मिलेर विश्व शान्तिको निर्माणकर्ता, विश्व विकासको योगदानकर्ता, अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षक बन्नेछ। चीन-नेपाल सहयोगले पनि मानवजातीय भाग्य समुदाय धारणाको नेतृत्वमा अरू योगदान गर्ने सिआरआइले जनाएको छ ।