
पेचिङ, ७ माघ । चीनले बनाएको करोनाको खोप सर्बिया पठाइएको छ। सर्बियाका राष्ट्रपति एलेक्सान्डर भुकिक खोपको स्वागत गर्न विमानस्थल पुगे । भुकिककाअनुसार, उनले कुनै पनि अवसरमा चीनप्रतिको माया लुकाउन सक्दैनन् । उनले चीनको समर्थनप्रति फेरि कृज्ञता ज्ञापन गरे । राष्ट्रपतिले जाडो हावामा चीनको कोरोना भाइरस खोपको स्वागत गरेको कुराबाट सर्बियाले चीनको खोपप्रति विश्वास गरेको, चीनको वैज्ञानिक अनुसन्धान स्तरप्रति विश्वास गरेको र असल मित्र चीनप्रति विश्वास गरेको कुरा प्रतिविम्वित भएको छ।
सर्बियाका राष्ट्रपति मात्र नभई विश्वका अनेकौं मुलुकहरूका नेताहरूले वास्तविक कारवाहीमार्फत चीनको खोपको विश्वास र समर्थन व्यक्त गरेका छन्। सेशेल्सका राष्ट्रपति भावल रामकलावान, टर्कीका राष्ट्रपति रिसेप ताइप एर्डोन, इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले चीनको कोरोना भाइरस खोप लगाएका छन् । यसबाहेक, अजरबैजानले यही जनवरी १८ तारिखदेखि ठूलो परिमाणमा चीनको खोप लगाउन थालेको छ। यसअघि हंगेरी र युक्रेनआदि मुलुकहरूले चीनको खोप अर्डर गरेका थिए।
यसबाट हेर्दा अनेकौं मुलुकहरूले चीनको खोप खरिदका लागि अर्डर गरेका र लगाएका कुरा चीनको खोपको सुरक्षा र प्रभावकारिताबारे गरेको विश्वास हो। यसका साथै भण्डारण र परिवहन क्षेत्रमा चीनको खोपको श्रेष्ठता नै कयौँ मुलुकहरूले चीनको खोपको छनौट गर्ने महत्वपूर्ण कारण हो। मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मनुएल लोपेज ओब्राडोरले भने झैं चीनको खोप अति न्यून तापक्रममा भण्डारण गर्नुपर्दैन। चीनको खोपले विश्वको कम विकसित मुलुक र दुर्गम क्षेत्रमा बसोबास गर्ने जनतालाई आशा ल्याएको छ।
यसबाहेक, चीनको खोपको उत्पादन क्षमता बलियो छ। चीनको खोप एक मात्रै छोटो समयमा धेरै मुलुकको खोप माग पूरा गर्नसक्ने उत्पादित-वस्तु हो। सन् २०२० को सुरुसँगै कोरोना भाइरस महमारी विश्वभरि फैलिइरहेको छ। चीनको खोपको उत्पादन चौतर्फी रुपमा गति प्रदान गरिँदैछ। आफ्नो मुलुकको खोपको मागको प्रत्याभूति गर्ने आधारमा विश्वमा खोपको मागभन्दा आपूर्ति कमी समस्यालाई शिथिल पार्न प्रयास गरिरहेको छ।
कोरोना भाइरससितको लडाइमा खोप सबैभन्दा ठूलो आशा मानिएको छ। चीनको खोपले विश्वको महमारी बिरुद्धका लागि विश्वास थपेको छ। चीनले पनि वास्तविक कारवाहीमार्फत “खोप सार्वजनिक स्वास्थ्य उत्पादित-वस्तुको रुपमा राखिने” प्रतिबद्धतालाई व्यवहारमा उतारिरहेको छ। मानव एक भाग्य समुदाय हो। सबैले हात मिलाएर छिटोभन्दा छिटो महमारीलाई पराजित गरौं र फूल फूल्ने न्यानो बसन्तको स्वागत गरौं, सिआरआइले लेखेको छ ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




