चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्किने आशाः चीनको परराष्ट्र मन्त्रालय

-



     सफल आवाज    
     माघ ९ गते २०७७ मा प्रकाशित



पेचिङ, ९ माघ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीन र अमेरिका दुवै पक्षको संयुक्त प्रयासमा दुई देश सम्बन्धमध्ये दयालु परीले दुष्ट्याइँलाई जित्नसक्ने विचार व्यक्त गरेका छन्।

आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्त ह्वाले अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनको सपथ ग्रहणप्रति बधाइ ज्ञापन गर्नुका साथै राष्ट्रपति बाइडेनले देशको प्रशासनमा सफलता प्राप्त गर्नसक्ने आशा चीनले लिएको बताए ।

प्रवक्ता ह्वाले सपथग्रहण कार्यक्रममा राष्ट्रपति बाइडेनले एकताको कुरा दोहोर्याएको र यो नै वर्तमान चीन-अमेरिका सम्बन्धलाई अत्यन्तै आवश्यक भएको कुरा पनि हो भने। चीन, अमेरिका, अन्तर्राष्ट्रिय समुदायको आशा छ कि चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्केर वर्तमान विश्वसमक्ष देखा परेको चुनौतीको सामना गर्न योगदान गर्नसक्ने आशा पनि प्रवक्ता ह्वाले व्यक्त गरेका सिआरआइले जनाएको छ ।