एउटै दिशातर्फ हिँडेमा चीन-अमेरिका सम्बन्ध सामान्य अवस्थामा फर्किने

-



     सफल आवाज    
     माघ १० गते २०७७ मा प्रकाशित



पेचिङ, १० माघ । अमेरिकी नयाँ राष्ट्रपति जोसेफ बाइडेनले सपथ ग्रहण गरेका छन् । नयाँ अमेरिकी सरकारले चीनका लागि कस्तो नीति ल्याउने भन्ने कुरा विश्वव्यापी चासाे बढेकाे छ ।

वितेका चार वर्षमा चीन र अमेरिकाबीचको सम्बन्धले कठिन अवधि पार गरेको छ। केही अमेरिकी राजनीतिज्ञहरुले चीनलाई सबभन्दा खतराको रुपमा लिँदै चीनको राजनीतिक प्रणालीलाई बदनाम गर्नुका साथै चिनियाँ व्यवसायमाथि नाकाबन्दी लगाएका थिए। जसले यी दुबै मुलुकबीचको राजनीतिक विश्वासलाई गम्भीर रुपमा ध्वस्त पार्नुका साथै विश्वको शान्ति तथा स्थिरतालाई अराजक बनाएको छ।

जटिल परिस्थिति उन्मूख चीन र अमेरिकाबीचको सम्बन्ध कसरी परिवर्तन हुने छ? गत वर्षको नोभेम्बरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बाइडेनलाई बधाई सन्देश पठाउँदै यी दुबै पक्षले पारस्परिक सम्मान र सहयोग तथा साझा फाइदाको भावना लिँदै आपसी सम्बन्धलाई स्थिर तथा स्वस्थ बनाउने आशा व्यक्त गरेका थिए ।

ठूलो मुलुकबीचको आदानप्रदानमा पारस्परिक सम्मान महत्वपूर्ण छ। ऐतिहासिक अनुभवबाट हेर्दा साझा हित विभिन्न क्षेत्रका भिन्नताभन्दा महत्वपूर्ण छ। सहयोग नै यी दुबै मुलुकबीचको एउटै मात्रै छनौट हो।

चीन अमेरिकाबीचको वर्तमान सम्बन्ध नयाँ क्रसरोडमा छ। चीनले अमेरिकासँगका सबै वार्ता माध्यमलाई खुला गर्ने निर्णय गरेको छ। नयाँ अमेरिकी सरकारले एउटै दिशातर्फ हिँड्दै चीनसँगको सम्बन्धको नयाँ अध्याय सिर्जना गर्ने चीनको आशा रहेकाे सिआरआइले लेखेको छ ।