
धनुषाका दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राखेका छन् । जनकपुरधाम–१७ कनकपट्टीका उनले १० वर्षदेखि नङ पाल्दै आएका छन् । लामा नङ पाल्नेमा आफू नेपालमै पहिलो व्यक्ति भएको दाबी गर्ने उनको छ । उनका हातको औलाको नङ ७, ९ र १० इन्च गरी ४० इन्चको भइसकेको छ ।
