
बलेवा, १२ फागुन । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले पाण्डवखानीमा केन्द्रीय विद्युत् सेवा सञ्चालन गरेको हो । लामो समयदेखि लघु जलविद्युत्को भरमा गुजारा गर्दै आएका पाण्डवखानीवासी पहिलोपटक केन्द्रीय विद्युत् पुगेपछि हर्षित भएका छन् ।
भौगोलिक विकटतासँगै लघुजलविद्युत् मर्मतसम्भारमा पटकपटक हुने समस्याले लामो समयदेखि हैरानी खेप्नु परेको अवस्थामा केन्द्रीय विद्युत् सेवा सञ्चालन भएपछि सहज भएको स्थानीय व्यवसायी देवनारायण श्रीसले बताए । ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत पाण्डवखानीमा विद्युतीकरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीले जानकारी दिए । विकट अनि दूरदराजका जनतालाई विद्युत् सेवा उपलब्ध गराउँदै उपभोक्ताको दैनिकीमा सहजता ल्याउने कार्यमा विद्युत् प्राधिकरणले आफ्नो कार्यलाई निरन्तरता दिएको उनको भनाइ छ ।
आवश्यकताअनुरूप ट्रान्सफर्मर, पोलसँगै अन्य विद्युतीय सामग्री व्यवस्थापन गरिने बागलुङ वितरण केन्द्रका सुपरभाइजर रेशम गौतमले जानकारी दिए । केन्द्रीय विद्युत्को पहुँच पुगेसँगै अब स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक समृद्धिमा जोड्न सहज हुने गलकोट नगरपालिका–१० पाण्डवखानीका वडाध्यक्ष तिलक घर्तीले बताए ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




