
काठमाडौं, १६ फागुन । नेपाल अल्पविकसित मुलुकको सूचीबाट विकासशिल राष्ट्रमा स्तरोन्नतीको लागि सिफारिसमा परेको छ । संयुक्त राष्ट्र संघको विकास नीति सम्बन्धी समितिले गरेको समिक्षा बैठकमा २ वटा मापदण्ड पूरा गरेकोले नेपाललाई अल्पविकसित मुलुकको सूचीबाट सिफारिस गरेको राष्ट्र संघको नेपालस्थित स्थायी नियोगले बताएको छ ।
नेपालको प्रति ब्यक्ति आम्दानी तथा मानव विकास सूचकांकको निर्दिष्ट मापदण्डलाई पूरा गरेकोले विकाशसिल राष्ट्रको स्तरोन्नतिका लागि सिफारिस गरिएको नियोगले जनाएको छ । नियाोगका अनुसार अहिले गरिएको सिफारिस सन २०२६ बाट लागु हुने भएको छ । नियाोगले नेपाल सरकारको सिरफारिसमा नेपाललाई अबको ५ वर्ष, सन २०२६ बाट विकासशिल राष्ट्रमा स्तरोन्नतिको लागि सिरफारिस गरेको थियो ।
नेपाल सरकारको सन् २०३० सम्म नेपाललाई विकासशिल राष्ट्र हुँदै मध्यम आय भएको मुलुक बनाउने लक्ष्यलाई राष्ट्र संघको विकास नीति समितिले पाँच बर्षको तयारी अवधि राखेर भएको सिफारिसले ठूलो सहयाेग पुगेकाे परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । नेपालसंगै उक्त सिरफारिसमा बंगलादेश र लाओस पनि अल्पविकसित राष्ट्रको सूचीबाट स्तराेन्नितकाे लागि विकासशिल राष्ट्रकाे सूचीकरणको लागि परेका छन् ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




