
काठमाडौं, २ चैत । चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा वृक्षरोपण गरिने भएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले हरियाली र नमूना नगरपालिका निर्माणका लागि राजमार्गको बीच भागमा वृक्षरोपण गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा–कलङ्की सडकखण्डमा बोटबिरुवा र फूलहरु रोप्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु ५० लाख रकम विनियोजन गरेको जानकारी दिए । “देशको राजधानी भित्रिने मुख्य राजमार्गलाई नमूना राजमार्ग बनाउनका लागि बिरुवा रोप्ने र तारजाली हाल्ने काम शुरु गर्न लागेका छौँ”, उनले भने।
यस्तै चन्द्रागिरिले नागढुङ्गा–कलङ्की सडकखण्ड सरसफाइका लागि रु २० लाख रकम विनियोजन गरेको छ । सडक सरसफाइ र बोटबिरुवा संरक्षणका लागि सो नगरपालिकाले उक्त रकम विनियोजन गरेको छ । चन्द्रागिरिमा हुने अपराध नियन्त्रणका लागि रु एक करोड लागतमा ६८ वटा अत्याधुनिक सिसी क्यामरा जडान गरेको सो नगरपालिकाले पिपलामोडदेखि कलङ्कीसम्म ७०० वटा सडक बत्ती जडान गर्न लागेको छ ।
चन्द्रागिरिले सडकबत्ती जडानका लागि चालू आर्थिक वर्षमा रु एक करोड रकम विनियोजन गरेको छ । यसअघि नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माण गरी बिरामीलाई अस्पताल आउन सहजताका लागि एम्बुलेन्ससमेत खरीद गरिसकेको छ भने चन्द्रागिरिभित्र हुने आगलागीका घटना नियन्त्रणका लागि दमकल पनि खरीद गरी सञ्चालनमा ल्याइसकेको छ ।
चन्द्रागिरिले चालू आवभित्रै नगर प्रहरी राख्ने तयारी थालेको छ । चन्द्रागिरि नगरपालिका काठमाडौँं उपत्यकाभित्रको सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा रहेका १५ वडामध्ये १२ वडा राजमार्ग क्षेत्रमा पर्दछन् ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




